Home » काठमाडौ बेकरी ३ हजारबाट सुरु गरेको व्यवसाय २५ करोडको कारोबारमा

काठमाडौ बेकरी ३ हजारबाट सुरु गरेको व्यवसाय २५ करोडको कारोबारमा

by Pokhara City

पोखरा ।

पोखरा महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले २५ औं वार्षिकोत्सव मनाएको छ । बेकरीले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापनाको रजत बर्ष मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीब बहादुर कोइरालाले सरकारी तवरबाट व्यवसायीहरुलाई आवश्यक सहयोग नभएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरुमा दूरदर्शीताको खाँचो रहेको बताउनुभयो । उहाँले निरन्तर रुपमा व्यवसायमा लागेमा मात्र सफल उद्यमी बन्न सकिने भएकाले धैर्यता नैै महत्वपूर्ण भएको बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कार्यप्रतिको लगनशिलताका कारण वेकरीले उचाइ लिन सफल भएको बताउनुभयो । उहाँले पूँजी संगसंगै लगनशिलतामा जोड दिनुुभएको थियो । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी विश्वशंकर पालिखेले बेकरीको क्षेत्रमा काठमाडौं बेकरीले आफ्नो भिन्नै पहिचान बनाउन सफल रहेको भन्दै प्रशंसा गर्नुुभएको थियो ।

कार्यक्रममा बोल्दै बेकरीका सञ्चालक रोशन महर्जनले २०४७ सालमा काठमाण्डौको ललितपुरवाट स्वर्गिय बुवा ओमलाल मर्हजन परिवार पाल्ने विकल्प खोज्दै पोखरा आउनुभएको र पोखराको ओपन हाउसमा केही समय जागिर गरेर जम्मा गरेको ३ हजार रकमले उहाँले पोखराको विशाल वजारमा वेकरी पसलको सूरुवात गरेको बताउनुभयो ।

वि.स.२०५१ सालमा बुवाको मृत्यु भए पछि रोशनले वुवाको वेकरी ठुलो वनाउने सपना पुरा गर्न २०५४ साल वैशाख १० गते देखि आधीकारीक रुपमा काठमाण्डौ फ्रेस वेकरी नाममा शितलादेविमा दर्ता गरेर संचालनमा ल्याएको जानकारी दिनुभयो ।

काठमाडौँ फ्रेस वेकरी पोखराको सितलादेवीसँगै महेन्द्रपुल, भरतपुर, सौराहा, पोखराकै लेकसाईडमा शाखा विस्तार गरेको र काठमाडौँमा शाखा विस्तारको तयारीमा रहेका समेत जानकारी दिनुुभएको थियो । काठमाडौँ फ्रेस वेकरीले १ हजार भन्दा धेरै लाई वेकरी तालिमम दिएको छ भने सयौ जनालाई रोजगारी दिएको छ । ३ हजार वाट सुरु भएको पोखराको काठमाडौ वेकरी अहिले २५ करोड भन्दा वढीको कारोवार गर्ने फर्मको रुपमा पोखरामा परिचित रहेको छ । केक, कुकिज र अन्य वेकरी जन्य खाद्य पदार्थहरुमा २०० भन्दा वढी वस्तुको उत्पादन हुने गरेको छ । रजत जयन्तीको अवसरमा बेकरीमा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पवन प्रजावति, पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मानकाजी माकाजुु लगायतले बोल्नुुभएको थियो । कार्यक्रम काठमाडौँ फ्रेस बेकरीका सञ्चालक नानी कुुमारी मर्हजनको अध्यक्षता सञ्चालन रोशन मर्हजनको स्वागत र संचारकर्मी अनिशा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

You may also like