Home » टेवानद्वारा कोल्मा पोखरीछापमा क्षमता अभिबृद्धि

टेवानद्वारा कोल्मा पोखरीछापमा क्षमता अभिबृद्धि

by Pokhara City

पोखरा, ११ वैशाख(रासस)ः

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना एवम् नेपाल पर्यटन बोर्ड को प्रवद्र्धनमा पुतलीबजार नगरपालिका वडा न ९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ ।

कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुर्नरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिबृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिनुभयो । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका क्रममा पोखराबाट गएको पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको टोलीले त्यहाँ सञ्चालित घरवास अवलोकन, दृश्यावलोकनसँगै मिलेनियम ट्रेकको अवस्था लगायतका विषयमा जानकारी लिएको उहाँले बताउनुभयो ।

होमस्टे सञ्चालकलाई तालिम दिदै गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँका विशेषतालाई पर्यटन बजारमा पु¥याउन सक्नुपर्नेमा जोड दिनुभयो । गाउँ पर्यटनमा होमस्टे(घरवास)को महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले राम्रो आतिथ्यता, सरसफाई एवम् व्यवहारले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गाउँका प्रकृति र संस्कृतिलाई पर्यटकीय रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक सरिता क्षेत्री, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नविनप्रकाश गुरुङ, टेवानका महासचिव शोभा न्यौपाने पाण्डे लगायतले मिलेनिमयम ट्रेकका आसपासका प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँहरूलाई पर्यटकीय रुपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महत्वपूर्ण सफलता हासिल हुनेमा जोड दिनुभयो ।

You may also like