Home » नेकपा एमाले पोखरा १० मा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि

नेकपा एमाले पोखरा १० मा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि

by Pokhara City

पोखरा ।

नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० ले स्थानिय तहको निर्वाचनलाई लक्षित गरी ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष सूर्य बहादुर बानिया मुल समिति संयोजक रहनेगरी उक्त कमिटि गठन गरिएको हो ।

कमिटिको सह संयोजकमा सीता तिमिल्सिना, प्रचार प्रसार संयोजकमा कमिटिका सचिव राजु श्रेष्ठ संयोजक रहेका छन । प्रचार प्रसार समितिको सदसस्यहरुमा खगेन्द्र क्षेत्री, पूर्ण कुमार श्रेष्ठ, गुरु प्रसाद ज्ञवाली, गिता राना मगर र तुलसीराम सुवेदी रहेका छन । त्यसैगरी आर्थिक समिति संयोजकमा कमल बहादुर बस्नेतलाई चयन गरिएको छभने सदस्यहरुमा राम बहादुर केसी, निश्चल पोख्रेल, सन्तोष सिग्देल, लोकेन्द्र राई, सनम गुरुङ, पुतलीदेवी गुरुङ, नारायण अधिकारी, परशुराम पौडेल, विष्णु वराल र प्रकाश ज्ञवालीलाई चयन गरिएको छ ।

त्यसैगरी संघसंस्था समन्वय समितिको संयोजकमा बालाकृष्ण शर्मा र सह संयोजकमा लिलाधर अधिकारी चयन भएका छनभने सदस्यहरुमा चन्द्र किशोर गौतम, लज्जावती दुरा, सीता कुमारी भुषाल, मणिराज परियार, गौ प्रसाद गुरुङ, बिजय कार्की, र राम घिमिरे चयन भएका छन । महिला परिचालन समिति संयोजकमा जानकी अधिकारीलाई चयन गरिएको छभने उक्त समितिको सदस्हरुमा कृष्ण कुमारी गुरुङ अधिकारी, तारा सापकोटा, शुसिला खत्री, सीता चापागाई, राजकुमारी गुरुङ, सविता गिरी, चांदनी हमाल, सपना गुरुङ, मिना गिरी, बन्दना गुरुङ र धनप्यारी गुरुङ रहेका छन ।

खाना, खाजा समितिको संयोजकमा गणेश बहादुर खड्कालाई चयन गरिएको छ । उक्त समितिको सदस्यहरुमा खडक बहादुर भुजेल र कमल बहादुर कार्की चयन भएका छन । युवा परिचालन समितिको ईन्चार्जमा धनबहादुर पुनलाई चयन गरिएको छनभने संयोजकमा सन्तोष कार्की र सह संयोजकमा शंकर नेपाली चयन भएका छन । युवा परिचालन समितिको सदस्यहरुमा अनुज सुवेदी, आयुषा बख्रेल र विनायक सुवेदी चयन भएका छन ।

त्यसैगरी स्वास्थ्य समिति संयोजकमा नरहरी पनेरु चयन भएका छन । समितिको सदस्यहरुमा रुद्र बहादुर कार्की र कालीदास सुवेदी रहेका छन । कार्यालय ब्यवस्थापन समितिको संयोजकमा सुक बहादुर गुरुङ र सह संयोजकमा पूर्ण प्रसाद तिमिल्सिनालाई चयन गरिएको छ । समितिको सदस्यहरुमा अर्जुन तिमिल्सिना, र कृष्ण थापा रहेका छन ।

सांस्कृतिक समिति संयोजकमा कृष्ण गुरुङ अधिकारी लाई चयन गरिएको छनभने सदस्यहरुमा राममाया थापा, राजकुमारी गुरुङ, रत्ना श्रेष्ठ र पुजा गिरीलाई चयन गरिएको छ । त्यसैगरी सल्लाकहकार समितिको संयोजकमा राम बहादुर थापा मगर र सह संयोजकमा गंगा कुंवर चयन भएका छनभने सदस्यरुमा हिमालय बख्रेल, एमबी आस्था मगर, रिम बहादुर क्षेत्री, कृष्ण तिमिल्सिना, तोयनाथ गौतम र अग्नीधर तिमिल्सिना रहेका छन ।

त्यसैगरी बुद्धिजिवी सर्कलमा प्राध्यापक डाक्टर कृष्ण केसीलाई संयोजकमा चयन गरिएको छनभने उक्त समितिको सचिवमा जे एन शर्मा चापागाई, उपसचिवमा तोयनाथ लामिछानलाई चयन गरिएको छनभने सदस्यहरुमा भरतमणी भट्टराई, गुुरु प्रसाद ज्ञवाली, सूर्य मोहन ढकाल, मणि परियार, राजेन्द्र पौडेल, हरिश्चन्द्र सापकोटा, मन कुमारी शर्मा, लोकमाया पुन, ज्ञान बहादुर थापा, योगेन्द्र बस्नेत, अर्जुन प्रसाद सापकोटा, अमृत पौडेल, बलराम गिरी, इन्जीनियर देउकाजी गुरुङ, सम्झना अधिकारी, पूर्ण प्रसाद तिमिल्सिना, सिद्धि बहादुर कार्की र रामजी प्रसाद सुवेदी चयन भएका छन ।

पोखरा १० बाट नेकपा एमालेबाट अध्यक्षमा पवित्रा देवी गुरुङ, सदस्यहरुमा सदस्यहरुमा कुमार थिङ तामाङ, सीमा गुरुङ, शान्ति सुवेदी र दलित महिला सदस्यमा शान्ती परियार उमेदवार रहेका छन ।

You may also like