Home » पोखरा ११ मा एमालेको निर्वाचन परिचालन कमिटि गठन

पोखरा ११ मा एमालेको निर्वाचन परिचालन कमिटि गठन

by Pokhara City

पोखरा १३ बैसाख ।
उम्मेद्वारी मनोनयन दर्ता गराएसंगै पोखरा महानगरपालिका वडा नं ११ का एमाले उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।
पोखरा ११ मा एमालेबाट अध्यक्ष पदका लागि मिन बहादुर गुरुङ सहितको टोली चुनावी मैदानमा होमिएको हो । चुनावी अभियान अन्र्तगत मंगलबार निर्वाचन परिचालन कमिटि गठन गरिएको अध्यक्षका उम्मेद्वार गुरुङले जानकारी दिए ।
निर्वाचनमा मतदाताको घरदैलो अभियानका लागि १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको उनले बताए । एमाले वडा कमिटिका उपाध्यक्ष सञ्जयकिसोर बास्तोलाको अध्यक्षतामा गठन भएको कमिटिले निर्वाचन लक्षित कार्यक्रमहरु तय गर्नेछ । कमिटिका अध्यक्ष बास्तोलाका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि घरदैलो अभियान थाल्ने निर्णय भएको छ । अन्तिम नामावली प्रकाशन भएसंगै नमुना मतपत्र सहित मतदाताकोमा जाने तयारी भएको उनले बताए । यसअघि काँग्रेसले जित हासील गरेपनि विकासका काम हुन नसकेको भन्दै वडावासीले आफूहरुको नेतृत्व खोजेको उनको दावी छ । वडा नं ११ मा वडा महिला सदस्यमा चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्यमा हेमा कुमारी नेपाली, सदस्यमा विष्णु प्रसाद आचार्य र कार्लोस गुरुङले मनोनयन दर्ता गराएका छन् । यस वडामा २०७४ सालको निर्वाचनमा ५ हजार १ सय ४७ जना मतदाता थिए । अहिले भने ९७७ जना थपिएर ६ हजार १ सय २५ पुगेका छन् ।

You may also like