Home » जुवा खेल्ने ९ जना मानिस पक्राउ

जुवा खेल्ने ९ जना मानिस पक्राउ

by Pokhara City

पोखरा
मिति २०७९।०१।१३ गते अन्दाजी १५ः४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ अर्चलबोट बस्ने राम बहादुर पुनको कोठामा जुवा तास खेलिरहेका ९ जना व्यक्तिहरूलाई नगद रू.१,२४,७३०।– (एक लाख चौबीस हजार सात सय तीस रूपैयाँ मात्र) र तास २१२ पत्ता (चार बुक) सहित नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन आठ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण ः
१. जिल्ला कास्की माछापूच्छ्रे गा.पा.। वडा नं.१ घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ अर्चलबोट बस्ने वर्ष ५० को राम बहादुर पुन,
२. जिल्ला पर्वत जलजला गा.पा. वडा नं.५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ अर्चलबोट बस्ने वर्ष ४८ को चक्र पुर्जा,
३. जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं.३ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ रामबजार बस्ने ३० की स्वस्तिका पुन,
४. जिल्ला कास्की अन्नपूर्ण गा.पा.५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष २९ को मनोज पुन,
५. जिल्ला म्याग्दी रघुगंगा गा.पा. वडा नं.४ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष २५ को उमेश मगर,
६. जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं. ५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष ४० को टेक बहादुर गर्बुजा,
७. जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं. ५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३२ की दिपा पुन ।
८. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २५ हेम्जा बस्ने वर्ष ४१ को शिव प्रसाद सापकोटा,
९. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।१८ सराङकोट बस्ने वर्ष ५१ को कृष्ण थापा,

You may also like