पोखरा १५ वैशाख ।
पोखरा १० स्वर्णीमटोलका जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै नेकपा एमाले पोखरा महानगर १० को चुनाव प्रचार प्रसार सुरु भएको छ । वैशाख ३० गते हुने चुनावलाई लक्षित गरी निर्वाचन परिचालन कमिटिले उमेदवारहरु सहित घरदैलो कार्यक्रम शुरु गरिएको हो । स्वर्णीम टोलका जेष्ठ नागरिकहरु मेघराज घिमिरे, मीठु केसी, देवीलाल केसी, इकुमाया थापा, महादेव गुरुङ र अक्कल बहादुर गुरुङ दोसल्ला ओढाइ चुनाव प्रचार प्रसारको सुरुवात गरिएको हो । उक्त अवसरमा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले दोसल्ला ओढाई जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा वोल्दै सम्मानित जेष्ठ नागरिक मेघराज घिमिरेले नेकपा एमाले पार्टी वृद्धावृद्धहरुलाई माया गर्ने पार्टी भएकाले अवको विकल्प नेकपा एमालेनै भएको वताए । वडा नम्बर १० का एमालेका उमेदवारहरुलाई विजयी गराउनका लागी आफ्नो तर्फबाट पहकदमी थाल्ने वताए ।
त्यस्तै अर्का जेष्ठ नागरिक दुवीलाल केसीले एमालेको सरकारको पालमा देशमा बिकासको लहर छाएकाले अव एमालेलाई नै जनताले रोज्ने वताए । एमाले पार्टी सरकारमा रहदा देशमा बिकासको लहर छाएको जनताले प्रत्यक्ष महशुस गरेका कारण अवको विकल्प भनेकै एमाले भएको उनको भनाइ रहेको थियो ।
वडा अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले समग्र १० नम्बर वडाको बिकासका लागी आफ्नो टीम लागि पर्ने वताए । वडाभित्र अझैपनि विभिन्न बिकासको कामहरु हुन नसकेको अवस्थामा आफ्नो टीमले जितेर आएपछि ओडाबासीले बिकासको महशुस हुने गरी काम गर्ने समेत प्रतिवद्धता ब्यक्त गरिन ।
यसैविच गौमत बुद्ध मार्ग महिला समह संग समेत उमेदवारहरुले परिचयात्यमक कार्यक्रम सम्पन्न गरेको छ । उक्त समुहका शुसिला खत्री सहितको पदाधिकारीहरुले उमेदवारहरुलाई स्वागत गरेका थिए । निर्वाचन परिचालन कमिटिका संयोजक सूर्य बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए ।