Home » एमालेको वडा २८ मा घरदैलो

एमालेको वडा २८ मा घरदैलो

by Pokhara City

पोखरा, १६ वैशाख
स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ । चुनाव १४ दिन बाँकी छ । नेकपा एमालेले चुनावी प्रचार अभियानलाई तीव्र पारेको छ । वडा वडामा निर्वाचन परिचालन कमिटी बनाएर एमाले चुनावी प्रचार अभियानमा होमिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ मा उम्मेदवारसहित घरदैलो कार्यक्रम बिहीबारदेखि सुरु भएको छ ।
वडा नम्बर २८ मा एमालेका अध्यक्षका उम्मेदवार बैनबहादुर गुरुङ, सदस्यहरु वीरेन्द्र भण्डारी, प्रकाश दवाडी, राधिका पौडेल र सरु विश्वकर्मासहित पोखरा २८ आरुपाँटाबाट घरदैलो सुरु भएको वडा कमिटी अध्यक्ष रामकृष्ण तिवारीले बताए । उम्मेदवारसहित घरदैलोमा जाँदा आरुपाटाका स्थानीयले एमालेका उम्मेदवारलाई मत दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहीबार आरुपाटामा भएको घरदैलो शुक्रबार काफलघारीमा गरिएको छ । साविक कालिकाको काफलघारी, तमलेक, चितेपानी, पिपलडाँलीमा वडा अध्यक्ष निर्मल दियालीसहितको टोलीले घरदैलो गरिएको तिवारी बताए । शनिबार साविक माझठानाको पात्ले, नौरु, बेतयानीमा उम्मेदवारसहित घरदैलो गरिने एमालेले बताएको छ ।

You may also like