पोखरा १६ वैशाख ।
नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रममा एमालेको उमेदवार प्रति आकर्षित भएका छन । एमालेले वडामा ८० प्रतिशत महिला उमेदवार उठाएको भन्दै मतदाताहरु आकर्षित भएका हुन । शुक्रबार आयोजित घरदैलो कार्यक्रममा अधिकांश मतदाताहरुले एमालेको उमेदवारलाई जिताउने प्रतिवद्धता दिएको प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
पोखरा १० मा अघिल्लो स्थानिय तहमा विजयी भएकाहरुले वडाभित्र सोचेजस्तो बिकास नगरेको र मुलुकभरमा एमालेको सरकार र एमालेले विजयी हांसिल गरेका वडाहरुले उल्लेख्य मात्रामा बिकास गरेकाले यो पटक वडा नम्बर १० मा एमालेको विकल्प नरहेको मतदाताहरुले वताएको समेत श्रेष्ठले वताए । एमालेले वडा नम्बर १० मा महिलाको ८० प्रतिशत उमेदवार उठाएकै कारण मतदाताहरुको मन जित्न उमेदवारहरु सफल भएको समेत उनले वताए ।
त्यसैगरी घरदैलो कार्यक्रममा पुगेका वडा अध्यक्ष सहितका उमेदवारहरु समक्ष एमालेको सरकारले भुमिहिनको पक्षमा काम गर्न शुरु गर्दै गर्दा सरकार बिगठन भएकाले अहिलेको सरकारले आफुहरुको समस्या समाधानमा लाग्ने हो की नलाग्ने भन्ने अन्यौल भएका कारण अवको बिकल्प एमालेनै रहेको एक भुमिहिनले वताएका थिए ।
नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रम अन्तर्गत शुक्रबार अन्नपूर्ण टोल, मियापाटन चोक, अन्नपूर्ण मार्ग लेन ए, बी, सी, डी, ई हुदै पोखरा औधोगिक क्षेत्र भुमिहिन बस्ती हुदै औधोगिक क्षेत्र नहरचोकमा पुगी घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो ।