पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
पोखरामा नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित प्रतिवद्धता पत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै कृष्ण थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले सेवा सुविधा नलिने मात्रै वचन गरेनन् युवाहरुलाई स्थान दिने बताउदै आगामी दिनमा कहिल्यै चुनाव नलड्ने सम्म प्रतिवद्धता सुनाउन भ्याए । ‘मेरो यो चुनाव अन्तिम हुनेछ, उनले भने, ‘अब कृष्ण थापा चुनाव लड्नेछैन ।’ कमिसनतन्त्र र भ्रष्टाचार जनविरोधी कार्य भएको भन्दै उनले आफु निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिनदेखि रोक्ने बताए ।
पोखरामा शनिबार आयोजित कार्यक्रममा एमालेले पोखराको आगामी पाँच वर्षको कार्ययोजना समेटिएको २० पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको हो ।
घोषण पत्रमा पोखरामा मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेले पोखराको मेयरमा कृष्णा थापा र उपमेयरमा मञ्जुदेवी गुरुङ चुनावी मैदानमा छन् ।