पोखरा ।
जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० ले नेकपा एमाले पोखरा १० का उमेदवारहरु संग परिचयात्मक कार्यक्रम गरेको छ । नेकपा एमाले पोखर १० का अध्यक्ष सहितका उमेदवारहरुले जेष्ठ नागरिकहरुबाट आशिर्वाद ग्रहण गरी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
सो अवसरमा वोल्दै वडा नम्बर १० का तारा वरिष्ठ शिक्षाविद, खेलप्रेमी एवं समाजसेवी महेश गुरुङले नेकपा एमालेले बृद्धवृद्धाहरुलाई साथ दिने पार्टी भएको वताए । एमालेको सरकारकै पालामा बृद्धवृद्धाहरुलाई भत्ता दिन सुरु गरेकाले अहिले वृद्ध अवस्थाका आमा वुवाहरुले मासिक रुपमा वृद्धाभत्ता पाइरहेको उनको भनाइ रहेको थियो ।
जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० का अध्यक्ष क्याप्टेन थमनसिंह थापा मगरले समाजसेवी पवित्रादेवी गुरुङलाई बिजयी गराउन सवैले आ आफ्नो ठाउबाट पहल गर्नुपर्ने वताए । पवित्रा गुरुङ आफैमा समाजसेवी र महिला मैत्री टीमका साथ अगाडि वढाएकाले वडाको बिकास संगै वडालाई महिलामैत्री बनाउन सक्षम रहने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै नेकपा एमाले पोखरा १० का वडा अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले आफुले चुनाव जितेर जेष्ठ नागरिकमैत्री वडा वनाउने वताइन । अहिले जेष्ठ नागरिकहरुल वृद्धा भत्ता लिनका लागी बैंकमा धाउनुपर्ने अवस्था रहेको र त्यसलाई हटाएर अव वडाले घरघरमा वृद्धाभत्ता पु¥याउने समेत वताइन । त्यसैगरी वडा भित्र रहेको भारतिय पेन्सन लिइरहेका भुपुहरुको समस्या समाधानका लागी समेत आफु लागीपर्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा प्रदेश कमिटि सदस्य हिमालय बख्रेल लगायतले आ आफ्नो धारणा राखेका थिएभने राम बजार माछापुच्छ«े महिला समुहका अध्यक्ष माया गुरुङ भुजेल, राम मन्दिर सञ्चालक समितिका अध्यक्ष जीवन श्रेष्ठ, दौतरी गु्रपका संयोजक मनोज गुरुङ लगायतले उमेदवारहरुलाई जीतको अग्रीम शुभकामना दिएका थिए । कार्यक्रमको संचालन वडा कमिटिका उप सचिव कमल बस्नेतले गरेका थिएभने स्वागत मन्तब्य उपाध्यक्ष सीता तिमिल्सिनाले गरेकी थिइन ।
यसैवीच नेकपा एमाले पोखरा १० ले चुनावी घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । वडा नम्बर १० लाई एमालेको लालकिल्ला बनाउने उद्देश्य सहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको पोखरा १० वडा कमिटिका संयोजक तथा निर्वाचन परिचालन कमिटिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।
बानियाका अनुसार आइतबार नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रम अन्तर्गत शान्तिपथ, शान्तिपथ लेन १, २, ३, प्यारामाउण्ट स्कुल एरिया, मेट्रोपोलिटन स्कुल एरिया, हस्पिटल मार्ग हुदै हस्पिटल चोक पश्चिम, मेडिकल लाइन एरियामा सम्पन्न भएको छ ।