Home » पोखरा ६ बैदाममा गठबन्धनको सयुक्त प्रचारप्रसार कार्यलय स्थापन सगै उम्मेदबार परिचय

पोखरा ६ बैदाममा गठबन्धनको सयुक्त प्रचारप्रसार कार्यलय स्थापन सगै उम्मेदबार परिचय

by Pokhara City

गणेश पहारी,

पोखरा बैशाख १८

पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र तथा नेपाल कम्युनिष्ट पाटी एकिकृतको सयुक्त प्रचार प्रसार कार्यलयको स्थापना गरिएको छ । गठबन्धनले पोखरा महानगर पालिका वडा नं ६मा चुनाब अभियान आज बाट सुरु गरे सगै अभियानको पहिलो दिन गठबन्धनका साझा उम्मेदबारहरुको प्ररिचय गरिएको थियो ।

पोखरा महानगर पालिका वडा नं ६मा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्याशि जगतबहादुर पहारी, खुलासदस्य नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आर्चाय तेसैगरी खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पाटि एकिकृतका समाजबादीका तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदान रहेका छन ।
नेपाल कम्युनिष्ट एकिकृत समाजबादीका केन्द्रिय सल्लाहकार हरी पौडेलले केपी वलीले हिटलर सैलिमा नेपालको संविधान र प्रजातज्त्र माथी आक्रमण गरेको कारण प्रजातन्त्र र संविधानको सुरक्षाको लागि पाच दल मिलेर गठबन्धन गर्नु परेको बताए । नेकपा एमाले विरुद्ध लागेर पाँच दलिय गठबन्धनलाई जिताउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

नेपाली कागे्रस प्रदेश प्रतिनिधि तथा पूर्व इकाइ सभापति दिपक विर कुवँरले पाँच दलिय गठबन्धनले मात्र प्रजातन्त्र र संविधानको रक्षा गर्ने हुनाले गठबन्धनका उम्मेदबारहरुलाइ जिताउनु पर्ने बताए ।

प्रदेश महाधिबेशन प्रतिनिधि तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराईले पोखरा पर्यटकी क्षेत्र भएधकोले पोखराको पर्यटन विकास लागि गठबन्धन उम्मेदबारहरुले जित्नु पर्नेमा जोड दिए ।

नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी अग्नी कडेलले केपी वलीको सरकारले दुई तिहाइ को जनमत लाई भँगं गरेर भष्ट्रचारमा लिप्त भएर संविधानको हरण गरेको कारण संविधानको रक्षाको लागि पाँच दलिए गठबन्धन गर्नु परेको बताए ।
नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादी का प्रदेश सदस्य इश्वरी न्यौपानेले समग्र नेपाल सहित पोखराको विकासका लागि पाँच दलिए गठबन्धनका उम्मेदबारीहरुलाई जिताउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादी पोखरा ६ बैदामका वडा इन्चार्ज केदार न्यौपानेले केपी वलीको अराजक प्रवृत्रिका विरुद्ध लोकतन्त्र, राष्ट्रियता र संविधान रक्षाको लागि पाँच दलिए गठबन्धन गर्नु परेको बताए ।

नेपाली काग्रेस ६ निर्वतमान सभापति बलराम गिरीले बैदाम क्षेत्र पर्यटकीए क्षेत्र भएकोले यहाको विकास निर्माण लाग्न प्रत्यासि उम्मेदबार ह्ररुलाई आग्रह गर्दै गठबन्धनका उम्मेदबारले जिते मात्र बैदामको विकास हुनेमा आफु विश्वस्त रहेको सुनाउदै गठबन्धनलाई जिताउन आग्रह गरे ।
निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्यासि जगत बहादुर पहारीले आफ्नो कार्यकालमा वडाको विकास निर्माणका लागि महत्वपूर्ण योगदान गरेको बताए । संघ, प्रदेश र महानगरमा आफ्नो अनु्कुल सरकार नहुदा आफुले भने जस्तो काम गर्ने नपाएको गुनासो सुनाए । आफुले अधुरा छोडेका कामहरुलाई पुरा गर्ने पनि गठबन्धनका जनप्रतिनिधिहरुलाई जिताउनु पर्ने भन्दै आफ्ना भनाइ राखेका थिए ।

नेपाली काग्रेस ६का इकाई सभापति सन्तोष पौडेलले पाच दलिए गठबन्धनको पहिलो काम नेकपा एमालेलाई परास्त गराएर स्थानिय चुनावमा वडाको पाचै सिट जित्ने अनि देश र जनताको भावना अनुकुल सेवा गर्नुपर्ने औलाए । आसन्न निर्वाचनमा गठबन्धनको विजय सुनिश्चित गर्न कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिएका थिए ।

कार्यक्रममा वडाका उम्मेदवारले “अबको वडाको निर्वाचनमा जसरीपनि पाँच दलिए गठबन्धनले जित्ने छ । हामी वडामा भएको समस्याहरूको समाधानमा लाग्ने छौं । आगामी योजनामा हाम्रो जनताको मुद्दा पहिलो प्राथमिकता रहनेछ भन्दै” आफ्नो प्रतिबद्दताहरू प्रस्तुत गरेका थिए ।

सन्तोष पौडेलको सभाअध्यक्षमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादीका बिजय प्रधान, नेपाली काग्रेसका सल्लाहकार नेत्रपाणी न्यौपाने, नेपाली काग्रेसका क्षेत्रिय प्रतिनिधि लक्ष्मण पहारी, कास्कीका पूर्व विद्यार्थि नेता तथा नेपाल जन सम्र्पक समिति आर्यरलाण्डका सस्थापक अध्यक्ष सुक्रराज न्यौपाने र नेकपा माओबादीका नगर सदस्य नबराज अधिकारी लगाएतका बक्ताहरुले आफ्ना भनाइ राखेका थिए ।

You may also like