Home » पोखरा ७ मा नेपाली काग्रेसको घरदैलो उभियान सुरु

पोखरा ७ मा नेपाली काग्रेसको घरदैलो उभियान सुरु

by Pokhara City

चुनाव प्रचार प्रसार कार्यलयको मेयर उपमेयर उम्मेदवार धनराज र कोपिलाले गरे उद्घाटन
वैशाख १८ , पोखरा ।

नेपाली काग्रेस पोखरा ७ ले आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ । गठबन्धनका साझा उम्मेद्वार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्य र काग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले सयुक्त रुपमा पोखरा ७ मासबारमा अवस्थित चुनाव प्रचार प्रसार कार्यलयको औपचारिक रुपमा उद्घाटन गरे पश्चात घरदैलो कार्यक्रम सुरु गरिएको हो ।
उद्घाटनमा बोल्दै मेयरका उम्मेदवार धनराज आचार्यले पोखरा महानगरपालिकामा विगतमा कुरा धेरै भएका तर महानगरपालिकामा हुन पर्ने जस्तो काम केहि पनि नभएकाले आम पोखरेली जनताले यो चुनावमा आफ्नो अमुल्य मत मार्फत गठबन्धनका उम्मेदवारलाई विजयी गराइ पोखरालाई समृद्धि र विकासको बाटोमा लम्काउनेमा आफुहरु विस्वस्थ रहेको बताए । उपमेयरका उम्मेदवार कोपिला रानाभाटले राष्ट्रियता जोगाउन , लोकतन्त्र रक्षाका लागि र संविधान संरक्षणको लागि गठबन्धनको आवश्यक भएकाले नै विभिन्न निति सिद्धान्त भएका पार्टी एक ठाउँमा उभिएको बताउनु भयो । उहाँले गठबन्धनका सबै उम्मेदवारलाई विजय गराउन गठबन्धनमा आवद्ध सबै पार्टीका कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।


नेपाली काग्रेस पोखरा ७ का वडा अध्यक्ष पदका उम्मेदवार राम मोहन आचार्यले आफु र आफ्नो टिमका ५ जनालाई जिताउन वडावासीलाई आग्रह गरे । विगतका स्थानिय सरकारका कमी कमजोरीलाई निर्मुल पार्दै आम वडावासीको जनप्रतिनिधी भएर काम गर्ने र वडा नं। ७ लाई सुशासन र दिगो विकासमा पोखरा महानगरपालिकाकै नमुना वडा बनाएर देखाउने प्रतिवद्धता गरे । उनले आफनो टिममा पोखरा ७ का पाँच वटै भेगबाट प्रतिनिधित्व हुने गरि उम्मेदवारहरु भएकाले पनि वडा भित्रका सबै भेगको समावेशी विकासका लागि आफुहरुको जीतको आवश्यक रहेकाले वडाका मतदाताहरुले अमुल्य मत दिएर विजयी गराउनेमा आफु विश्वस्थ रहेको बताए ।
कार्यक्रममा वडा नंंं। ७ का युवा व्यवसायी खोवानन्द गिरीलाई उपमेयरका उम्मेदवार कोपिला रानाभाट र नेपाली काग्रेस वडा ७ का सभापति नविन राज बरालले खादा र माला लगाइ पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका तर्फबाट जील्ला सदस्य मोती राम बराल , भिमा पौडेल , वडा नं ७ का पार्टी अध्यक्ष गोविन्द प्रसाद बराल लगायतको उपस्थिती थियो ।
नेपाली काग्रेस वडा नंं। ७ का इकाइ सभापति नविन राज बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत इकाइका उपाध्यक्ष अनन्त पण्डित र सञ्चालन सचिब दामोदर बरालले गरेका थिए ।
पोखरा महानगर पालिकामा वडा नं। ७ मा वडा अध्यक्षका उम्मेदवार राम मोहन आचार्यको नेतृत्वमा महिला सदस्यमा विनिता अधिकारी बराल , दलित महिला सदस्यमा पुर्ण कुमारी नेपाली , खुल्ला सदस्यमा अजित कार्की ९रुद्र० र विष्णु सुवेदी रहेका छन ।

You may also like