Home » पाेखरा २८ मा काँग्रेसकाे चुनावी घरदैलो कार्यक्रम सुरु

पाेखरा २८ मा काँग्रेसकाे चुनावी घरदैलो कार्यक्रम सुरु

by Pokhara City

पाेखरा।
नेपाली काग्रेस पाेखरा २८ काे निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

पोखरा २८ रैकरमा उक्त सम्पर्क कार्यालय एक समारोहका बिच आइतबार उद्घाटन गरिएको हो । नेपाली काग्रेंसका निर्वतमान सभापति कृष्ण केसीले उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशमा अहिले यो वा त्यो पार्टी भन्दा प्रतिगमन बिरुद्ध एक हुनुपर्ने अबस्था रहेको बताए ।

कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण लामिछानेले आफु र आफ्नो टिमका ५ जनालाई विजयी गराउन आग्रह गरे । वडा नम्बर २८ लाई काग्रेसकाे किल्ला बनाउने उद्देश्य सहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको नेपाली काग्रेस पोखरा २८ का निर्वाचन परिचालन कमिटिका सचिव राधाकृष्ण तिवारीले जानकारी दिए ।

समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको हो । यस वडामा नेपाली काँग्रेसकाे तर्फबाट वडाध्यक्षमा श्रीकृष्ण लामिछाने,महिला सदस्यमा डाल्लादेवी भुजेल ,दलित महिला सदस्यमा ईन्द्र्कला बि•क ,खुल्ला सदस्यतर्फ कमल थापा र नारायण बजगाई रहेका छन्। यहाँ नेपाली का‌‌ग्रेस र नेकपा एसको सयूक्त प्यानल रहेकाे छ ।यसै विच पाेखरा २८ मा नेपाली काँग्रेसले चुनावी घरदैलो अभियान तीव्र पारेको छ।

You may also like