Home » बिरासत जोगाउने लक्ष्य सहित पोखरा ३१ मा एमालेको घरदैलो जारी

बिरासत जोगाउने लक्ष्य सहित पोखरा ३१ मा एमालेको घरदैलो जारी

by Pokhara City

कृष्ण आचार्य ÷पोखरा, १८ बैशाख ।

नेकपा एमाले पोखरा ३१ ले पुरानो बिरासत जोगाउने लक्ष्य सहित घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा सबै पदमा फराकिलो मतान्तरले जित निकालेको एमाले पोखरा ३१ ले स्थानिय तहको निर्वाचनको मिति नजिकीए संगै सोही बिरासतलाई यो पटक पनि कायमै राख्ने लक्ष्यका साथ घरदैलो कार्यक्रमलाई तिब्रता दिएको हो ।

घरदैलोको क्रममा मतदाताको उत्साहजनक प्रतिक्रिया पाईरहेको र आफ्नो टिम जितको नजिक रहेको अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जराले बताए । उनले भने “ हामीहरू जहाँ जहाँ पुगेका छौ त्यहाँ मतदाताको सकारात्मक र उर्जा सहितको प्रतिक्रिया पाईरहेका छौ । सबैको माया र साथले हाम्रो टिम जितको नजिक पुगेको महसुुस गरेका छौ । “

नेकपा एमाले बिकास र समृद्धिको सम्वाहक भएकोले सुर्य चिन्हमा मतदान गरि देश बिकासको नेतृत्व एमालेलाई दिन आफुले सबै संग अपिल गरेको उनको भनाई छ । आफ्नो जित सुनिश्चित रहेको भन्दै उनले आफुले देखेको पोखरा ३१ लाई समृद्धि बनाउने सपना पूरा हुने दिशामा रहेको दाबी गरे ।

नेकपा एमाले पोखरा ३१ ले आईतवार बेगनासताल पारीको भाग, अदुवाबारी, कालिमाटी, बासपानी लगायतका टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको प्रचार–प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिए ।

पार्टीका प्रदेश कमिटीका सदस्यहरु चतुरे बि.क., शंकरनाथ पौडेल लगायतका नेताहरूको नेतृत्वमा एमाले पोखरा ३१ ले आइतबारको घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । प्रचारप्रसार समितिका संयोजक अधिकारीका अनुसार सोमबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिईने छ ।

स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ३१ बाट नेकपा एमालेले अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यहरूमा देबेन्द्र अधिकारी र बिनोदमणी लामिछाने , महिला सदस्यमा धनदेबी तिवारी र दलित महिला सदस्यमा तारा नेपालीलाई चुनावी मैदानमा उतारेको छ ।

पोखरा महानगरपालिका ३१ एमालेको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडाका सबै पदमा नेकपा एमाले फराकिलो मतान्तरले बिजयी भएको थियो ।

You may also like