चिसापानी देखि सडक स्तरोन्ती गर्न स्थानियको माग
पोखरा २२ मा अध्यक्षका साझा उमेदवार बराल नेतृत्वको टोली घरदैलो कार्यक्रममा
पोखरा १९, वैशााख
पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बरालको नेतृत्वको टोलीले आज (सोमबार) देखि चुनाव प्रचार प्रसार अभियान अन्र्तगत घरदैलो कार्यक्रम शुभारम्भ गरेको छ । साविक पुम्दी भुम्दी ७ र ८ क्षेत्र चिसापानी, तारेभिर, पलैचे, चुत्राल, पुम्दी, काभ्रे, देउराली श्वाँरा लगायतको क्षेत्रमा सोमबार घर दैलो कार्यक्रम गरिएको टोलीमा सहभागि कागेंस नेता प्रकाश बरालले बताए ।
उक्त टोली समक्ष स्थानियले चिसापानी देखि सडक स्तरोन्नती गर्न माग गरेका छन् । खानेपानी थप व्यबस्थापन गर्दै सडक स्तरोन्नती गर्न स्थानियले गठबन्धन सहितको अध्यक्षका प्रत्यासी साझा उमेदवार बराल सहितको टोली समक्ष उक्त माग राखेको टोलीमा सहभागी माओबादी केन्द्रका नेता नवराज बरालले बताए । अध्यक्षका प्रत्यासी बरालले आफ्नो नेतृत्वको टोलीलाई अमुल्य मतबाट विजयी गराएको खण्डमा स्थानियको आवश्यकताको आधारमा पूर्वाधार विकासमा बिषेश जोड दिने वचन दिए । पुम्दी भुम्दीका सडकहरु स्तरोन्ती गर्न पनि उत्तिकै आवश्यक भएको उनको भनाई थियो । स्वतन्त्र उमेदवारको रुपमा हाल गठबन्धनको साझा उमेदवार भएका हिमलाल बरालले आफुलाई भूई कटर चिन्हःमा मतदान गर्न जनता समक्ष आव्हान समेत गरे ।
समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको हो । पोखरा २२ को अन्य सदस्यहरुमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहेका छन्। समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हतौडा रहेको छ ।