Home » पोखरा २८ बासीले कांग्रेस उम्मेदवारलाई सुनाए आफ्ना समस्या

पोखरा २८ बासीले कांग्रेस उम्मेदवारलाई सुनाए आफ्ना समस्या

by Pokhara City

पोखरा ।

पोखरा २८ भुर्तेल गाउँ,स्याङखुदी, बास्तोला गाँउ, कर्णेल गाँउबासीले वडा भित्र बाटो, ढल नाला लगाएत कृषि उत्यादनको बजारीकरण गर्न मुख्य समस्या भएको बताएका छन् ।

नेपाली कांग्रेस वडा नम्बर २८ का उमेदवारहरुको घरदैलो कार्यक्रममा आफ्नो टोलमा आफ्नो गुनासो पोख्ने क्रममा उक्त कुरा वताएका हुन । कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण लामिछानेले देशैभरि कांग्रेसको जनलहर र पार्टी प्रतिको विश्वास वढ्दै गएकोले सचेत मतदाताले कांग्रेस लगाएत गठबन्दनका उमेदवारलाई जिताउन लागी पर्नुपर्ने बताउदै लामिछानेले टोलको समस्या आफुले नजिकबाट नियालिरहेकाले आफु विजयी भएमा प्राथमिकतामा राखेर आफुले काम गर्ने वताए । सो अवसरमा सदस्य पदका उमेदवारहरु डाल्डादेवी भुजेल , ईन्द्र्कला बिड्डक , कमल थापा र नारायण बजगाई लगायतले आ आफ्नो प्रतिवद्धता जाहेर गरेका थिए ।

You may also like