बैशाख १९,पोखरा
पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका विष्णुबहादुर भट्टराईले यसपटकको निर्वाचनमा वडामा एमालेको प्यानलै विजयी हुने दावी गर्नुभएको छ । ‘यसपटक वडा ६ मा हामीले सानदार जित हाँसिल गर्नेछौं’–भट्टराईले भन्नुभयो ।
वडा ६ को वडाध्यक्षमा भट्टराई सहित खुल्ला वडा सदस्यमा दीपेन्द्र पहारी, वासुदेब बराल, महिला सदस्यमा जमुना पराजुली पहारी र राममाया विश्वकर्माले उम्मेदवारी दिएका छन् । उनीहरु यतिबेला मतदातासंग मत माग्नका लागि घरदैलोमा व्यस्त छन् । बंग्लादी, खहरे, डिहिकोपाटन, पंधेरो, गाइघाट, मुलथोक, गैह्रिखेत, दृष्टीमार्ग लगायतका क्षेत्रमा उनीहरुले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
आफ्ना उम्मेवारलाई विजयी गराउनका लागि नेकपा एमाले वडा ६ का अध्यक्ष बलराम पहारीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरेको । यसअघिको निर्वाचनमा भट्टराईले १ हजार ४ सय ७६ मत प्राप्त गरि सर्वाधिक मत सहित सदस्य पदमा निर्वाचित भएका थिए । त्यतिबेला वडाध्यक्ष पदमा जित हाँसिल गरेका नेपाली काँग्रेसका जगतबहादुर पहारीले १ हजार ४ सय ६४ मत ल्याएका थिए । वडा नम्बर ६ मा यसपटक कूल मतदाता संख्या ४ हजार ९ सय रहेको छ । अघिल्लो पटकको भन्दा यो संख्या ९ सयले बढि हो ।