Home » पोखरा ६ मा एमालेको घरदैलो

पोखरा ६ मा एमालेको घरदैलो

by Pokhara City

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको चुनावी माहोल तातेको छ । बिहान ६ बजेदेखि पार्टी कार्यकर्ता र उम्मेद्वार घरदैलोमा व्यस्त बनेका छन् ।
सोमबार अम्बोटबाट सुरु भएको घरदैलो कार्यक्रम गैरीखेत, ठाडापसल, जरेबरमा भएको थियो । सोमबार अखिल नेपाल महिला संघ वडा कमिटीले चुनावसम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै एमालेबाट वडाध्यक्ष उम्मेद्वार विष्णुबहादुर भट्टराईले यसपटकको निर्वाचन एमालेले जित्ने दावी गरेका छन् । यसअघि पोखरा ६ मा कांग्रेसले वडाध्यक्ष जितेको थियो ।
कार्यक्रममा महिला वडा सदस्य उम्मेद्वार जमुना पराजुली पहारी, दलीत महिला सदस्य उम्मेद्वार राममाया विश्वकर्मा, पार्टीका वडा कमिटी अध्यक्ष बलराम पहारी, वडा उपसचिव गुरुप्रसाद त्रिपाठीलगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन एमालेकी वडा सचिव उमा भण्डारीले गरेकी थिइन् ।
वडाध्यक्षमा भट्टराईसहित खुल्ला वडा सदस्यमा दीपेन्द्र पहारी र वासुदेव बराल, महिला सदस्यमा जमुना पराजुली पहारी र राममाया विश्वकर्मा उम्मेदवार छन् । चुनाव जिताउन नेकपा एमाले वडा नम्बर ६ का अध्यक्ष बलराम पहारीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । वडा नम्बर ६ मा यसपटक ४९ सय मतदाता छन् । २०७४ सालको भन्दा यो ९ सयले बढी हो ।

You may also like