पोखरा ।
पोखरा १० का महिला मतदाताहरुले नेकपा एमालेका उमेदवारहरुलाई जिताउने वताएका छन । नेकपा एमालेले वडामा ८० प्रतिशत महिला उमेदवार उठाएको भन्दै एमालेका उमेदवारहरुलाई निर्वाचनमा जिताउने वताएका हुन ।
अघिल्लो पटक आफुहरुले मत दिएर जिताएका हरुले वडा भित्र बिकासका कामलाई महत्व नदिएको भन्दै मतदाताहरुले यो पटक एमालेलाई मत दिएर वडामा बिकासको लहर छाउने आशा समेत ब्यक्त गरेका छन । पोखरा १० अन्तर्गत पृथ्वी राजमार्ग देखी उत्तर तर्फका महिला मतदाताहरुले बिकासप्रेमी नेकपा एमालेका उमेदवारहरु विभिन्न संघ संस्थामा बसेर काम गरेको महिला नेतृ समेत भएकाले यो पटकको निर्वाचनमा महिला उमेदवारहरुलाई प्रथामिकतामा राखेको एमाले पार्टीलाई जिताउने वचन वद्धता दिएको चुनावी प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार नेकपा एमाले पोखरा १० ले अध्यक्ष नै महिला उमेदवार र अन्य तीन सदस्य समेत विभिन्न संघ संस्थामा बसेर उत्कृष्ठ काम गरेको र सदस्य पदका पुरुष युवा उमेदवार समेत विभिन्न संघ संस्थामा आवद्ध भएर काम गरेकै कारण मतदाताहरुले नेकपा एमालेका उमेदवारहरुलाई मन पराएको वताए ।
घरदैलो कार्यक्रम अन्तर्गत हाल सम्म ३५ प्रतिशत घरहरुमा घरदैलो सम्पन्न गरिसकेको समेत प्रचार प्रसार संयोजक श्रेष्ठले जानकारी दिए । सोमबार मात्रै पृथ्वी राजमार्ग उत्तर तर्फ शान्ति पथ लेन २, सम्पूर्ण भित्री गल्ली हुदै रक्षामार्ग, भानुमार्ग, राम मार्ग, सुगम मार्ग, गीता मन्दिर, रामघाट भुमिहिन बस्ती, गोपाल लामा गुम्बा एरिया हुदै पिपलडाली चोकमा आएर समापन भएको नेकपा एमाले पोखरा १० निर्वाचन परिचालन मुल कमिटिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।
यसैविच मिलन टोल बिकास समिति र सरस्वती आमा समुहका पदाधिकारीहरु संग उमेदवार परिचयात्मक कार्यक्रम सम्पन्नन भएको छ ।