पोखरा, २० वैशाख ।
गठबन्धनको तर्फबाट मादी गाउँपालिकामा उम्मेदवारी दिएका अध्यक्ष र उपाध्यक्षका प्रत्यासीले गाउँपालिकास्तरिय प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्षमा नेपाली कांग्रेसबाट देवीजंग गुरुङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट लालबहादुर गुरुङ गठबन्धनका उम्मेदवार हुन् । उनीहरुले निर्वाचन जितेमा मादी प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने र त्यसबाट मादी क्षेत्रका कलाकारहरुलाई प्रत्यक्ष फाइदा हुने दाबी गरेका छन् ।
अध्यक्ष र उपाध्यक्ष प्रत्यासीहरुको सो प्रतिबद्धतापछि मादीका कलाकारहरुमा खुशी छाएको छ । मादीमा मात्र अहिले ८५ भन्दा बढि कलाकारहरु प्रत्यक्ष कलाकारितामा सक्रिय छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्ष बनेका बेदबहादुर गुरुङ ‘श्याम’ ले नगरेको काम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकाहरुको घोषणा पत्रमा प्रज्ञा प्रतिष्ठान स्थापनाको प्रतिवद्धताले आफूहरुलाई खुसी लागेको कलाकारहरुले बताएका छन् ।
यसभन्दा अघि नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष बनेका गुरुङ आफैमा गुरुङ फिल्म एसोसियसन (जिफान)को अध्यक्ष प्रज्ञा प्रतिष्ठान खोल्ने तर्फ ध्यान नदिएको जिफानका निर्माता÷निर्देशक विभागका पूर्वप्रमुख सोमबहादुुर गुरुङले बताए । ‘मादीमा अहिले पनि करिब ८५ भन्दा बढि कलाकारहरु छन्,’ उनले भने, ‘मादी गाउँपालिकाका प्रमुख आफै जिफानका पूर्व अध्यक्ष हो तर कहिल्यै हाम्रा हितका लागि प्रतिष्ठानको कुरा गर्नुभएन् । उहाँको कार्यकाल यसै सकियो ।’
मादी गाउँपालिका धर्म, संस्कार, संस्कृतिको उर्वर भूमी हो भन्ने यो भन्दा पहिलेको स्थानीय सरकारले बुझ्न नसकेको कलाकारहरुको आरोप छ । बौद्ध धर्म गुरु खेन्पो शिरी लामा लगायत अन्य धर्म गुरुहरु, हिमाली सांस्कृतिक परिवारका पूर्व अध्यक्ष स्व. मिनकाजी गुरुङ लगायत धेरै कलाकारहरु मादी गाउँपालिकाको भएपनि उनीहरुको संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानको आवश्यक ठाउँमा गठबन्धनले यो विषय अघि सार्नु स्वागतयोग्य भएको जिफानका पूर्व विभाग प्रमुख नौजंग गुरुङले बताए ।
नेपाल सांस्कतिक संघका केन्द्रिय उपसभापती कृष्णकुमार गुरुङले सामुदायीक राज्य स्थापित गर्नका लागि पनि मादीमा प्रज्ञा प्रतिष्ठान आवश्यक रहेकाले गठबन्धनको उम्मेदवारले यो विषय उठाउन सकरात्मक भएको बताए ।
मादीमा प्रतिष्ठान पहिला नै आवश्यक भएपनि एमाले नेतृत्वको तीनै तहको सरकार हुँदा पनि वास्ता नगरेको उनको भनाई थियो । ‘यसभन्दा अघिको अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ आफै जिफानको अध्यक्ष हुन्, म कलाकार हुँ कलाकारितको विकास गर्छु मेरो ठाउँमा कलाकारितको विकाश गर्छु भनेर भोट माग्दा सम्पूर्ण कलाकारले सहयोग गरेर जितेको व्याक्ति हो,’ उनले भने, ‘तर उहाँले तीनै तहमा एमालेको सरकार हुँदा पनि कलाकारको पक्षमा कुनै काम पनि गर्नुभएन् तर अहिलेको निर्वाचनमा गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुले कुरा उठाएको छ निकै सह्रायीन छ ।’