Home » दलित महिलालाई निशुल्क कम्प्युटर तालिम सम्पन्न

दलित महिलालाई निशुल्क कम्प्युटर तालिम सम्पन्न

by Pokhara City

पोखरा

दलित महिला समिति पोखरा ९ को आयोजनामा वडाका दलित महिलाहरुलाई निशुल्क कम्प्युटर तालिम दिएको छ ।

वडाका २० जना दलित महिलाहरुलाई तीन महिनासम्म संचालित सो तालिममा पोखरा महानगरपालिका गण्डकी प्रदेशको आर्थिक सहयोग र नेशनल कम्प्युटर सेन्टरको वगरको प्राविधिक सहयोग गरेका थिए ।

सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडाले तालिम लिनको लागि मात्र नभई व्यवहारमा उतार्नु पर्ने वताउनु भयो ।

कार्यक्रममा क्यान महासंघ कास्कीका निवर्तमान अध्यक्ष युवराज पौडेल, वडा सदस्यहरु राममाया मानन्धर र गिता चम्राकार, टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले तालिम पछि स्वरोजगार हुनु पर्नेमा जोड दिएका थिए ।

समितिकी अध्यक्ष सपना विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष माया दर्जी र संचालन सचिव रविना विकले गरेका थिए ।

You may also like