पोखरा, २० वैशाख
स्थानीय तहको मतदानको दिन नजिकीदै गर्दा उम्मेदवारहरु आ आफनो क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त छन्
सोही क्रममा पोखरा महानगरमा वडा न १ मा नेपाली काग्रेसका उम्मेदवारहरु ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन ईमान्दारीताका लागि’ भन्दै आफनो वडाका टोल टोलमा घरदैलो कार्यक्रममा व्यस्त छन् ।
काग्रेसका तर्फबाट पोखरा १ को वडाध्यक्षमा सीता गुरुङ सगै सदस्यहरुमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल चुनावी मैदानमा छन् ।
उनीहरुले घरदैलो सग स्थानीय मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी सुझावसमेत संकलन गरेका छन् ।
घरदैलोमा मत माग्नुका साथ उम्मेदवारहरुले वडामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव संकलन समेत गरेका थिए । आफ्नौ घरदैलोमा आईपुगेका उम्मेदवारहरुलाई स्थानीयले फुल माला र खादा लगाएर जितको सुभकामना दिएका थिए । मतदाताले जीतका लागि आशीर्वाद र शुभकामना दिईरहदा उम्मेदवारहरुले पनि मतदाताको गुनासो, समस्या सुनी समाधानमा सक्दो गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष उम्मेदवार सीता गुरुङले पोखरामा काग्रेसले जीतको लागि वडा नम्वर १ बाट खाता खोल्ने दाबी गरिन । घरदैलेमा पुग्दा मतदाताबाट जुन स्वागत, सत्कार, आत्मीयता र माया पाईयो यो नै जितको आधार रहेको उनको भनाई छ ।
हाल मुख्य रुपमा वडामा रहेका अधुराकामहरु पुरा गर्न, विभिन्न वस्तीहरुमा भएको सेती कटान रोक्नका लागि आवश्यक ततबन्ध, खानेपानी, जौवारीदेखि सिम्पानीसम्मको सोतीको मापढण्ड, जेष्ठ नागरिक र बालमैत्री विश्राम स्थल निमार्ण लगायतका विभिन्न काम गर्न सुझाव आएको उम्मेदवार गुरुङको भनाई छ ।
वडालाई पोखराको विकास, सुशासन र अन्य कामले महानगरकै १ नम्बरको वडा बनाउने बताइन् । ‘हाम्रो काम भनेको स्थानीय जनताकै सेवामा खटिने हो । वडाले प्रदान गर्ने सेवा सहज बनाउने हो । जसमा हाम्रो टिमले काम गर्छ,’ उनले प्रतिबद्धता व्यक्त गरिन् ।