पोखरा , वैशाख २० , स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पोखरा १७ का नेकपा एमाले उमेद्वारले घरदैलो कार्यक्रम नियमित गरेका छन् । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा खुसी हुँदै विकास गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् ।
पोखरा महानगरपालिका वार्ड न १७ मा नेकपा एमालेबाट अध्यक्षमा राधिका कुमारी शाही योगि,खुल्ला सदस्यमा बिक्रम गुरुङ र शिबराज भण्डारी,महिला सदस्य मा बिष्णु कुमारी थापा र दलित महिला सदस्य मा तारा परियारलाई अत्याधिक बहुमतले विजयी गराउन अनुरोध गरेका छन् ।
चुनावी घरदैलो अभियान मा बोल्दै अध्यक्ष पदकि उम्मेदवार राधिका कुमारी शाही योगिले एमालेको गढ भनेर चिनिने पोखरा १७ मा यस पटक पनि एमालेले जित हासिल गर्ने सुनिश्चित भएको बताएकी छन् । उनले गठबन्धनले कुनै असर नगर्ने जित एमालेको नै हुने बताउदै वृद्धसामु आफ्नो पार्टिले गरेका कामको उदाहरण दिदै बृद्दाभत्ता त युवा सामु रोजगारि को अबसर कुरा गर्दै अध्यक्ष लगायत विभिन्न सदस्य पद का उम्मेदवारी जिताउन आग्रह गरेकि हुन् ।
एमाले एउटा यस्तो पार्टी हो जसले देशको बिकास को लागि सोच्ने गर्दछ देशको बिकास गर्नको लागि सदैब एमाले लाई नै रोज्ने स्थानीयले बताएका छन् ।बिकास गर्ने पार्टी नेकपा एमाले हो एमाले ले गर्ने काम अरु पार्टी ले गर्दैन बिना स्वार्थ जनताको हक हितको र बिकासको काम एमाले नै गर्दछ । त्यसैले १७ को बिकासको लागि यस पटक पनि एमाले लाई रोज्ने स्थानीयले बताए । झन् यस पटक महिलालाई अगाडी बढाएकोमा स्थानीयले खुसि व्यक्त गरेका छन् । महिलाको नेतृत्वमा वडा न १७ ले बिकासको नया बाटो रोज्ने कुरामा ढुक्क भएका छन् ।