Home » पोखराका जिर्ण बाटाको मुहार फेछौँ: आचार्य

पोखराका जिर्ण बाटाको मुहार फेछौँ: आचार्य

by Pokhara City

पोखरा, २० वैशाख

गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्यले पोखरा महानगरपालिका काम गर्न नसकेर विचरा भएको बताएका छन् ।

पोखरा १५ मा जारी चुनावी घरदैलो कार्यक्रमका क्रममा उमेदवार आचार्यले पोखरा महानगरको कमजोर नेतृत्वका कारण पोखरामा विकास हुन नसकेको बताएका हुन् । उनले भने, ‘कमजोर नेतृत्वकै कारण न विकास भयो, न त समृद्धिको आधार नै तयार भयो ।’

उमेदवार आचार्यले अहिले पोखराका बाटाहरु अहिले रोइरहेको टिप्पणी गरे । उनले भने, ‘पोखराका जिर्ण बाटाहरु रोएका छन् । जसका कारण पोखरेलीले खुसीको सास फेर्न पाएनन्, वितेको पाँच वर्ष त्यसै खेर गयो ।’

उनले अव आफु निर्वाचित भएपछि पोखराका सडकहरु मर्मत सम्भार गर्दै स्तरोन्नती गर्ने विश्वास समेत दिलाए ।

You may also like