पोखरा
स्थानिय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरमा एमाले प्रवेशको क्रम बढ्दै गएको छ । यसैक्रममा पोखरा महानगर वडा नं. ३३ मा दुई दर्जन बढी युवाहरु सो पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, समाजवादी लगाएतका दल त्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन । यसरी प्रवेश गर्नेहरुमा कर्ण बहादुर पुन, समीर खवास, विशाल नेपाली, प्रविण थापा मगर, सुशील पुन, महेश नेपाली, आकाश नेपाली, भगवान भट्टराई, रोशन थापा मगर, बुद्ध नेपाली, मनोज पुन, मनोज नेपाली, मनोज मगर,रोहित थापा मगर, राजन आचार्य, सुमिन पुन, मन्दिप पुन, अंकित गुरुङ लगायत रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई एमालेको तर्फबाट सो वडाका अध्यक्षका उम्मेदवार शिव प्रसाद आचार्य, महिला सदस्य पदका शान्ति पाध्या, दलित महिला सदस्य पदका लिलादेवी नेपाली, सदस्य पदका विनोद भण्डारी, शंकर बहादुर अधिकारी लगाएतले स्वागत गरेका थिए।
उम्मेदवार आचार्यले एमालेको जनमुखी कामबाट प्रभावित भएर समाहित हुने युवाहरुको प्रशंसा गर्दै सम्पुर्ण वडाबासीलाई एमालेमै मत जाहेर गर्न आग्रह गरे। उनले समृद्धिको अभियान पूरा गर्न र त्यसको नेतृत्व एमालेले मात्रै गर्न सक्ने कुरा आफ्नो नेतृत्वको वडाको टिमले प्रमाणित गरिसकेको जिकिर गरे।
जनतासङ्ग साक्षात्कार गर्ने घर दैलो अभियान निरन्तर जारी राखेको सो वडा कमिटिले मंगलबार वर, पौवा चौवादी, बर्छा ,कुर्लिङ लगायतका स्थानमा भेट्घाट कार्यक्रम सम्पन्न गरेको एमाले ३३ का अध्यक्ष दिपकराज लामिछानेले बताए।
सो अवसरमा साविक भरतपोखरी गाविस अध्यक्ष यज्ञ प्रसाद अधिकारी, पेशागत महासंघ गण्डकीका महासचिव बैकुण्ठनाथ आचार्य, अग्रज वाम बुद्धिजीवी सदन महत, युवा संघ नेपाल वडा नं. ३३ का अध्यक्ष केशव आचार्य लगाएतले आफ्नो पार्टीले सो वडाको विकास निर्माणका लागि खेलेको भूमिकाको चर्चा गरेका थिए । घर दैलो कार्यक्रममा टोल कमिटी तथा वडा कमिटी सदस्यसहित स्थानीयहरुको उल्लेख्य सहभागिता थियो।