पोखरा, २० वैशाख ।
मतदानको दिन नजिकिंदै गर्दा नेकपा एमाले पोखरा १९ का शीर्ष नेता उमेद्वार सहित प्रचार अभियानमा खटिएका छन् । अन्तिम समयमा मेयरको टिकट खोसिएर असन्तुष्ट बनेका प्रदेश कमिटीका सचिवालय सदस्य दिपक पौडेल सहितका नेताले आज चितेपानी, काउरे, मणि लगायतका क्षेत्रमा पुगेर पार्टीको पक्षमा मत मागेका छन् ।
नेता पौडेल, शोभामोहन पौडेल, माधव बास्तोला, वडा ईन्चार्ज सुरेन्द्रमानसिह भण्डारी, नेता बलराम भण्डारी, उमनाथ आचार्य, काठमाडौं पोखरा सम्पर्क मञ्चका सचिव महेन्द्र अधिकारी लगायतले जन सरोकारका विषयमा पार्टी प्रतिवद्ध रहेको बताउँदै, विकास र समृद्धिको योजना एमालेसग रहेको दावी गरे ।
घरदैलोका क्रममा स्थानीय मतदाता तथा कार्यकर्ताले स्वागत गर्दै जनताका पक्षमा गरेका वााचा नभुल्न खवरदारी गरेका थिए । असन्तुष्ट भनिएका नेता पौडेल चुनावी प्रचारमा सक्रिय भएपछि त्यस क्षेत्रका नेता कार्यकर्ता उत्साहित बनेका छन् ।