पोखरा २० वैशाख ।
पोखरा १० का एमालेका उमेदवारहरुले नेपाली कांग्रेसले वडा भित्र कुनैपनि बिकास नगरेको वताएका छन । उमेदवारहरुले बिकास गर्ने एमालेका उमदवारहरुलाई मत दिन समेत मतदाताहरुलाई आग्रह गरेका छन । पोखरा १० मा कुनैपनि बिकासका कामहरु हुन नसकेको भन्दै उमेदवारहरुले आफुहरुलाई एकपटक जिताएर पठाउन आग्रह गरेका हुन ।
वडा भित्र रहेका टोलहरुमा रहेको नालाहरुलाई ब्यवस्थित बनाउनतर्फ अघिल्लो पटक कांग्रेसबाट जितेर गएका जनप्रतिनिधीहरुले नजर लगाउन नसकेको उनीहरुको आरोप छ । वडाभित्र नालामाथी स्ल्याव नहुदा वर्षा याममा बग्ने पानीबाट विभिन्न दुर्घटनाहरु भइरहेको भन्दै पटक पटक वडाका प्रतिनिधीहरुलाई आग्रह गरेको भएतापनि उनीहरुले ध्यान नदिएको उमेदवारहरुले अघिल्लो जनप्रतिनिधीहरुलाई आरोप लगाएका छन ।
त्यसैगरी जनताहरुले विभिन्न टोलहरुमा थ्री फेस लाइन उपलब्ध हुन नसक्दा युवाहरुले सोचेजस्तो ब्यापार व्यवशाय गर्न नसकेको समेत उनीहरुले चुनावी एजेण्डा बनाएका छन । वडामा हरेक पटक नेपाली कांग्रेसले जित्ने र महानगरमा एमालेको प्रमुख आउने भएकालेपनि वडाभित्र बिकासको लहर नछाएकाले अव वडा नम्बर १० लाई समृद्ध बनाउने हो भने एमालेलाई भोट दिनुपर्ने उनीहरुको मतदाता समक्ष माग समेत गरेको चुनावी प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
यसपटक उमेदवारहरुले वडाभित्र रहेको जेष्ठ नागरिकहरुलाई घर घरमा बृद्धा भत्ता, युवा, एकल महिला तथा वालवालिकालाई समेत मध्येनजर गरी विभिन्न सीप मुलक तालिम प्रदान गरी वडालाई समृद्ध वडा बनाउने समेत योजना रहेको वताएका छन । त्यसैगरी विदेशबाट फर्केका युवाहरुलाई उनीहरुको सीपलाई सदुपयोग गरी सहुलियत दरमा ऋण प्रदानका लागी सहजीकरण गर्ने समेत एजेण्डा बनाएका छन । रंगशाला, पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वडाका जनताको पंहुच पु¥याउनका लागी समेत पहलकदमी थाल्ने उमेदवारहरुले वताएका छन ।
यसैविच घरदैलो कार्यक्रमलाई निर्वाचन परिचालन कमिटिले तीब्रता दिएको छ । मंगलवार घरदैलो कार्यक्रम अन्तर्गत टप्स स्कुल हुंदै पिपलडाली चोक, गौतमबुद्ध मार्ग, गोर्खा वेलफेयर एरिया, बुद्धचोक उत्तरतर्फको एरिया, पोखरा रंगशाला, इन्द्रमार्ग हुंदै घलेचोक, एसओएस स्कुल, किरण मेडिकल चोक हुंदै आंधीखोल मेडिकलमा आएर समापन भएको मुल आयोजक समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।