पोखरा, २० वैशाख ।
नेकपा एमालेको अन्नपूर्ण गाउँपालिकाका उमेद्वारले घरदैलो अभियानलाई वडा नं १, २, ३, ८, ९, १० र ११ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रममा अध्यक्षका प्रत्यासी विष्णुबहाहुर केसीले आफूहरुको विजय भइसकेको र घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् । योभन्दा अगाडिको निर्वाचनका क्रममा एमाले पराजित हुँदा विकास निर्माणका योजना सम्पन्न नभएको भन्दै आफूहरुको विजय पश्चात् सफल हुने प्रत्यासी केसीको भनाई थियो । आफूहरुको जित पश्चात गाउँपालिकाको मुहार फेरिने उनको दावी थियो ।
एमालेले गाउँपालिकाको नेतृत्व लिएर स्वास्थ्य, शिक्षा तथा आर्थिक वृद्धिदरका लागि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । निर्वाचनको प्रचासप्रसारका लागि गाउँपालिकाका विभिन्न गाउँमा वडामा टोल तथा वडा कमिटी परिचालन गरिएको प्रत्यासी केसीले जानकारी दिएका छन् ।
घरदैलो कार्यक्रममा विभिन्न पार्टीमा आस्था रहेका कार्यकर्तालाई अबिर खादा लगाएर पार्टी प्रवेश गराइएको छ । विद्यार्थी र युवा कार्यकर्ता परिचालन गर्दै मतदाता शिक्षा समेत प्रदान गरिएको छ । घरदैलोमा प्रदेश जिल्ला, गाउँ कमिटी सदस्य लगायत वडा कमिटीका नेताको सहभागिता थियो ।
previous post