Home » पोखरा ११ मा परियार संग्रहालय निर्माण गर्ने एमालेको वाचा

पोखरा ११ मा परियार संग्रहालय निर्माण गर्ने एमालेको वाचा

by Pokhara City

पोखरा २० वैशाख ।
पोखरा महानगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको घरदैलो अभियान जारी छ । १७ गतेदेखि सुरु भएको घरदैलोका क्रममा उमेद्वारहरु मत माग्न व्यस्त छन् । वडामा एमालेका वडा अध्यक्षका उमेद्वार मीनबहादुर गुरुङसहितको टोली वडाका विभिन्न टोल र वस्तीहरुमा पुगेर आफ्ना विकासका योजना तथा प्रतिवद्धता व्यक्त गर्दै भोट मागेका छन् ।


यसैक्रममा मंगलबार कमेरेपानीस्थित परियार बस्तीमा पुग्दा त्यहाँका मतदाताले भव्य स्वागत सहित आफ्नो ठाउँमा हुनुपर्ने विकासका काम बारे बताएका थिए । उनीहरुको कुरा सुनिसकेपछि आयोजित कोणसभामा वडा अध्यक्षका उमेद्वार गुरुङले परियार बस्तीमा बाटोको स्तरोन्नती, परियार संस्कार र संस्कृतिका लागि संग्रहालयको निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

घरदैलोकै क्रममा उमेद्वार घिमिरेचोक, मणि शिवालय, मञ्ज्याङ, सिम्लेपानीमार्ग, बस्यारी र बतासेका मतदाताको घर आँगनमै पुगेर मत मागेका छन् । मतदाताले विगतमा आफूहरुले उम्मेदवार छनौट गर्दा भूल गरेकाले यसपटक सूर्य र एमाले नै रोज्ने प्रतिवद्धता जनाएका छन् ।


वडा नं ११ मा एमालेबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा छन् ।

पोखरा ११ मा चुनावी अभियान अन्तरगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई निकै उत्सापूर्वक रुपमा सञ्चालन गरिएकोे प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिएका छन् ।

You may also like