Home » अन्नपूर्ण ९ मा एमालेको प्रचार–प्रसार तीव्र

अन्नपूर्ण ९ मा एमालेको प्रचार–प्रसार तीव्र

by Pokhara City

पोखरा २० वैशाख ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ९ मा एमालेका उमेद्वारलाई जिताउन प्रचार–प्रसारलाई तीव्र पारिएको छ । प्रचार–प्रसार संगै गाउँँ–गाउँँमा कोणसभा समेत आयोजना गरिएको छ ।

मंगालवार सावेतमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वडा अध्यक्षका उमेद्वार रमेश गुरुङले गाउँको एमाले एमालेको स्थानीय सरकारले मात्र गर्ने बताए । पांच वर्ष सम्म एमालेको स्थानीय सरकार नहुँदा गाउँमा सडक, शिक्षा, स्वास्थ्यको स्तर वृद्धि नभएकाले अवको निर्वाचनमा एमालेको उमेद्वारलाई मत दिनुपर्ने बताए ।

एमालेले जितेको स्थानीय तहमा एमालेको लहर छाएको भएता पनि नेपाली कांग्रेकै गाउँपालिका भएतापनि अन्नपूर्ण गाउँपालिकामा एमाले हुन नसकेको उनको भनाई रहेको थियो ।

नेकपा एमाले वडा कमिटी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष पूर्ण राईको अध्यक्षतामा सम्पन्न कोणसभामा कमिटीका सचिव धनबहादुर क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

नेकपा एमाले वडा कमिटी अन्नपूर्ण गाउँपालिका वडा नम्वर ९ को आयोजनामा हिले, तिखेढुंगा, उल्लेरी, नयाँगाउँ, सावेत, सुदामे, बांझगरा लगायतका गाउँमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको प्रचार प्रसार संयोजक अष्ट लामाले जानकारी दिएका छन् ।

नेकपा एमाले अन्नपूर्ण ९ मा एमालेको तर्फबाट अध्यक्षमा रमेश गुरुङ, खुल्ला महिला सदस्यमा पुष्पा पुन, दलित महिला सदस्यमा लक्ष्मी विक, खुल्ला सदस्यमा जुवीन्द्र पुन र खुल्ला सदस्यमा हिमलाल जैसी उमेदवार छन् ।

You may also like