पोखरा २० वैशाख ।
कास्कीको अन्नपूर्ण गाउपालिका वडा नम्बर ९ मा एमालेका उमेदवार लाई जिताउन प्रचार प्रसारलाई तीब्र पारिएको छ । प्रचार प्रसार संगै गाउ गाउमा कोण सभा समेत आयोजना गरिएको छ ।
मंगालवार सावेतमा आयोजित कोण सभालाई सम्बोधन गर्दै वडा अध्यक्षका उमेदवार रमेश गुरुङले गाउको बिकास एमालेको स्थानिय सरकारले मात्र गर्ने वताए । पांच वर्ष सम्म एमालेको स्थानिय सरकार नहुदा गाउमा सडक, शिक्षा, स्वास्थ्यको स्तर वृद्धि नभएकाले अवको निर्वाचनमा एमालेको उमेदवारलाई नै मत दिनुपर्ने वताए ।
एमालेले जितेको स्थानिय तहहरुमा बिकासको लहर छाएको भएतापनि नेपाली कांग्रेकै गाउपालिका भएतापनि अन्नपूर्ण गाउपालिकामा बिकास हुन नसकेको उनको भनाइ रहेको थियो ।
नेकपा एमाले वडा कमिटि अन्नपूर्ण गाउपालिका वडा नम्बर ९ का अध्यक्ष पूर्ण राइको अध्यक्षतामा सम्पन्न कोण सभामा कमिटिका सचिव धन बहादुर क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
नेकपा एमाले वडा कमिटि अन्नपूर्ण गाउपालिका वडा नम्बर ९ को आयोजनामा हिले, तिखेढुंगा, उल्लेरी, नयांगाउ, सावेत, सुदामे, बांझगरा लगायतका गाउहरुमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको प्रचार प्रसार संयोजक अष्ट लामाले जानकारी दिए ।
नेकपा एमाले अन्नपूर्ण ९ मा एमालेको तर्फबाट अध्यक्षमा रमेश गुरुङ, खुल्ला महिला सदस्यमा पुष्पा पुन, दलित महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्यमा जुविन्द्र पुन र खुल्ला सदस्यमा हिमलाल जैसी उमेदवार रहेका छन ।