Home » एमालेले चुनाव जितेको घोषणा हुन मात्रै बाँकी छः भण्डारी

एमालेले चुनाव जितेको घोषणा हुन मात्रै बाँकी छः भण्डारी

by Pokhara City

पोखरा, २१ वैशाख ।
नेकपा एमाले पोखरा २६ का वडा अध्यक्षका उमेद्वार सूर्यनाथ भण्डारीले जित हासिल गरिसकेको र अब घोषणा हुन मात्रै बाँकी रहेको बताएका छन् । भण्डारीले एमालेप्रति जनताको उल्लेखनीय उल्साहा रहेको र एमाले नै विकास गर्ने पार्टी रहेको बताए । नेकपा एमाले कास्की जिल्ला सदस्य रमेश रानाभाटले अहिलेको चुनावमा एमाले वडा नं २६ का उमेद्वारले १ हजारभन्दा बढी मतले विजय गर्ने बताएका छन् । वडा सदस्यका उमेद्वार धुर्व थापाले युवाको माग र समस्या पूरा गर्न एमालेले मात्रै गर्ने सक्ने बताए ।

अर्का उमेद्वार बसन्त बन्जराले हामीले तयार पारेको घोषणा पालान गर्ने बताएका छन् । महिला उमेद्वार प्रमिला बराल भण्डारीले महिलाको हकहितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताइन् । त्यसैगरी दलित महिला सदस्य शर्मिला सुनारले दलित तथा जनजातिको समस्याको हल गर्ने पार्टी एमाले भएको बताएकी छिन् ।



पोखरा २६ का नेकपा एमाले उमेद्वारले घरदैलो कार्यक्रम नियमित गरेका छन् । चुनाव प्रचारप्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाने सूर्य ध्वाजाबाहक ५ जनालाई नजिताई विश्राम नगर्ने बताए । संयोजक तिमिल्सिनाको नेतृत्वमा गरेर भएको घरदैलो कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उमेद्वार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नं २६ का वडाध्यक्षका उमेद्वार भण्डारीसहित सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गरेका छन् ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष दिपक नाथ भण्डारी तथा वडा अध्यक्ष नारायण प्रसाद बराल, हरिश्चन्द्र देवकोटा, खड्का रानाभाट, विकास अधिकारी, वामदेव ढुंगाना, रामहरि ढुंगाना, रामकृष्ण जि.सी. लगायत पदाधिकारीको सक्रिय सहभागिता थियो । आज सिमलपोखरा, पैलिको फेदी, घैटेखोर, खरानेफाँट लगायत ठाउँमा घर दैलो गरेका छन् ।

You may also like