पोखरा
पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालन गर्नका लागि महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने जनाएका हुन् । यस्तै स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरि रोजगारीका अवसर सिर्जना गर्ने उनीहरुको योजना छ ।
आफूहरु निर्वाचित भएमा मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने उनीहरुले जनाएका छन् । रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाईन रोजगार जस्ता बजार सेवा प्रदान गर्न महानगरभित्र मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने उनीहरुको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
यसैगरी रेमिट्यान्स परिचालन गरी पूर्वाधार निर्माण र उद्यमशिलता प्रर्वद्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्ने योजना उनीहरुको छ । परम्परागत सीप र उपकरणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यावसायीकरण गर्ने साथै परियोजना धितोमा युवा व्यावसायीलाई १० लाखसम्म स्टार्ट अपका लागि ऋण लगानी गर्ने उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।
पोखरा महानगरमा सक्षम परियोजना सञ्चालन गरी ६ महिनामा ३ हजार रोजगारी थप गर्ने योजनाका साथ ं२ सकेका युवालाई यसमा जोड्ने योजना गठबन्धनका उम्मेदवारहरुको छ । जसमा भाषा, होटल म्यानेजमेन्ट, मोबाईल मर्मत, कृषि स्रोत व्याक्ति, जडीबुटी संकलन, व्युटीसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेरीनरी, ईम्ब्रोइडरी, ह्याण्डलुम, वेटर जस्ता धेरै क्षेत्रमा सीपसँगै रोजगारी र उद्यशिलतामा जोड दिने घोषणापत्र मार्फत प्रतिवद्धता जनाइएका छन् ।