मिति २०७८।०१।१८ गते जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं..१ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा पोखराबाट पर्वत तर्फ जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिई सवारी दुर्घटना हुँदा मोटरसाईकलमा सवार जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष १८ की सुजिना पुनको अस्पताल लैजाने क्रममा र चालक ऐ.ऐ. बस्ने वर्ष ४६ को जित बहादुर पुनको ऐ.१९ गते उपचारको क्रममा मृत्यु भएको घटनामा वारदात पश्चात् फरार रहेका कार चालक जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं.१ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा जिल्ला काठमाण्डौबाट का.म.न.पा. ३ महाराजगंज स्थितबाट पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मुद्दामा दिन ७ को म्यादथप अनुमति लिई थप अनुसन्धान भई रहेको ।