Home » कर्तव्य ज्यान मुद्दाका प्रतिवादीहरू पक्राउ

कर्तव्य ज्यान मुद्दाका प्रतिवादीहरू पक्राउ

by Pokhara City

मिति २०७९।०१।०६ गते बिहान जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।६ स्थित फेवाताल किनारमा महिलाको शव फेला परेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जिल्ला खोटाङ दिप्रुङ चुईचुम्मा गा.पा. वडा नं.०१ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. ०५ मालेपाटन बस्ने वर्ष ४४ की सेती माया अधिकारीको हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१८ खपौदी घर भई हाल ऐ.ऐ. वडा नं. ०६ लेकसाईड बस्ने वर्ष ३६ को सन्तोष जलारी र निजको छोरा वर्ष १८ को साजन जलारीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

You may also like