Home » नेकपा एमालेका उमेदवारलाई जिताउन जिल्ला इन्चार्ज कार्कीको आग्रह

नेकपा एमालेका उमेदवारलाई जिताउन जिल्ला इन्चार्ज कार्कीको आग्रह

by Pokhara City

पोखरा २२ बैशाख

नेकपा एमाले पोखरा १० को आयोजनामा स्थानिय तहको निर्वाचनलाई लक्षित गरी बृहत मोटरसाइकल ¥याली तथा कोण सभा सम्पन्न गरेको छ । नेकपा एमाले पोखरा महानगरपालिकाका मेयर र उपमेयर र वडाका उमेदवारहरु सहितको उक्त ¥याली पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला कमिटिका इन्चार्ज भीम कार्कीले स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका उमेदवारलाई जिताएर नेकपा एमालेले बोकेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार गर्नुपर्नेमा जोड दिएका छन ।

नेकपा एमाले पोखरा १० ले आयोजना गरेको कोणसभामा वोल्दै कार्कीले एमालेले बोकेको समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्नका लागी हरेक स्थानिय तहमा एमालेको उमेदवारलाई मत दिन आग्रह गरेका थिए । नेकपा एमाले कास्कीले पोखरा महानगरका उमेदवारहरुले ल्याएको एजेण्डालाई लागु गर्नका लागी सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

पोखराको समृद्ध बिकासका लागी एमालेका उमेदवारहरुले प्रतिवद्धता जाहेर गरेका कुरालाई लागु गर्दै जनताको सेवामा लाग्नका लागी लाग्न समेत उनले आग्रह गरेका थिए । त्यस्तै पोखरा महानगरपालिका मेयर पदका उमेदवार कृष्ण बहादुर थापाले २०४९ सालदेखि अन्य पार्टीले वडा चलाईरहेको पोखरा १० भित्रको बिकासलाई हेर्न आग्रह गर्दै यदि वडाको बिकास गर्नेहोभने महिला नेतृत्वलाई मत दिन मतदातालाई आग्रह गरे ।


उमेदवार थापाले वडा नम्बर १० का उमेदवारहरुले जनतासामु प्रस्तुत गरेको घोषणापत्रलाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाए । त्यसैगरी उमेदवार थापाले पोखरालाई कोत्रे देखी पृथ्वीचोक सम्म ६ लेनको सडक निर्माण गरी पर्यटकीय अन्तराष्ट्रिय शहर निर्माण गर्ने, महानगरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई अनलाइनबाटै हुने ब्यवस्था मिलाउने, पोखरा बसपार्कलाई सिटी बसपार्क निर्माणको काम गरी शहरभित्र चल्ने सम्पूर्ण सवारी साधनलाई उक्त क्षेत्रबाट सञ्चालन गर्ने, बाग्लुङ बसपार्कलाई व्यवस्थित गरी उक्त क्षेत्रबाट सञ्चालन हुने सवारीलाई सोही ठाउबाट सञ्चालन गर्ने र लामेआहालको बसपार्क निर्माण गरी पोखराबाट बाहिरिने सवारीहरु सञ्चालन गर्ने वताए ।

सो अवसरमा वोल्दै नेकपा एमाले पोखरा १० का अध्यक्षका उमेदवार पवित्रादेवी गुरुङले वडाको बिकासको लागी आफुले २३ वुंदे प्रतिवद्धता पत्र बोकेर मतदाता समक्ष प्रस्तुत भएको वताउदै बडाको बिकासमा आफु लागि पर्ने वताइन ।

नेकपा एमाले वडा कमिटि पोखरा १० का अध्यक्ष सूर्य बहादुर बानियाको अध्यक्षतामा सम्पन्न कोणसभामा कमिटिका उपाध्यक्ष सीता तिमिल्सिनाले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन सचिव राजु श्रेष्ठले गरेका थिए ।

कोणसभा पूर्व अमरसिंह चोकबाट शुरु भएको ¥याली हस्पिटल चोक, गीता मन्दिर, भानु मार्ग चोक, बैरागीको घर नीर पीपलडाली चोक, गौरी मार्ग हुदै बुद्धचोक ,रक्षा मार्ग प्यारामाउण्ट स्कुल हुंदै शान्तीपथ, उत्तमचोक, दुची टोल हुंदै गौरीमार्ग पेन्सन क्याम्प गेट राम मन्दिर, माछापुच्छ«े टोल कामना टोल हुंदै अमरसिंह खत्री पसल, नागीन टोल, कुंडहर चोक, अन्नपूर्ण टोल, मियापाटनबाट कंडहर सहकारी शिवचोक, हाइवे हुंदै अन्नपूर्ण टोल, औधोगिक क्षेत्र अगाडीबाट वेथानी स्कुल सिमलमार्ग विरेन्द्रचोक हुदै कार्यक्रम स्थल अमरसिंहचोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

You may also like