पोखरा ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पोखरा १० का भुमिहिनहरुलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने वताएका छन । नेकपा एमाले पोखरा १० ले आयोजना गरेको प्रचार प्रसार ¥याली तथा कोणसभामा वोल्दै नेता अधिकारीले उक्त कुरा वताएका हुन ।
पोखरा १० अतिनै दुखि र चिन्तित रहेको वडा यहां वरपरको बाटोहरु फराकिलो बनाउन खोजेको भएतापनि त्यसो गर्न नसकिएको वताउदै अमरसिंह क्षेत्रको बिकासका लागी स्थानिय साझेदारी कार्यक्रमहरु लिन गएको भएतापनि त्यसले सफलता पाउन नसकेको वताए ।
बिकासलाई अगाडि वढाउनका लागी विपक्षी टिमलाई नभइ एमालेलाई भोट दिनुपर्ने उनको भनाइ रहेको थियो । पोखरा १० नागिनटोलमा रहेको सुकुम्बासी बस्तीमा केही भूतपूर्व सैनिकको नेताहरुको नाममा जग्गाधनी दिने काम गरेर सुकुम्बासी हटाउने काम गरिरहेको वताउदै अबको स्थानिय तहमा एमालेलाई जिताएको खण्डमा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र दिने र उक्त बस्तीमा अवदेखी भोट माग्न नआउने उनको भनाइ रहेको थियो ।
एमालेको सरकार रहदा भुमिहिनहरुलाई लालपूर्जा वितरण गर्ने तयारी गरिरहदा परमादेशको सरकार निर्माण भएपछि उक्त विषयलाई कांग्रेसले अंगाल्न नसकेको उनको भनाइ रहेको थियो ।