Home » एमाले पोखरा ३३ का उम्मेदवार जनतालाइ बिकास र योजना सुनाउदै घर दैलोमा ब्यस्त

एमाले पोखरा ३३ का उम्मेदवार जनतालाइ बिकास र योजना सुनाउदै घर दैलोमा ब्यस्त

by Pokhara City

पोखरा ,२१ बैशाख

ने क पा एमाले पोखरा महानगरपालिका वडा न ३३ का उमेदवारहरु बिकासका उपलब्धि र भाबी योजना सुनाउदै घर दैलो एबम जनतासङ्ग भेटघाटमा ब्यस्त रहेका छ्न।

उनिहरुले बुधबार सो वडाका तल्लो पुडि ,उपल्लो पुडि , ठूलो पाखा ,छप्ल्याङ्ग लगाएतका स्थानहरुमा घर दैलो गर्दै अघिल्लो कार्यकालमा आफ्नो पार्टि नेतृत्वले वडामा गरेका कामहरुको जानकारी दिदै अबको आउने कार्यकालको योजना सुनाएका हुन ।

सो अबसरमा वडा अध्यक्षका उम्मेदवार शिव प्रसाद आचार्यले आफ्नो अर्जुन दृष्टि बिकास मात्रै भएको हुँदा समुन्नत र आत्मनिर्भर वडाको निम्ति सो ठाउँमा गरिएका बिकासमा कामहरुको चर्चा गरेका थिए । उनले करिब ५० लाखको लागतमा ठूलो पाखा खानेपानी योजना सम्पन्न भएको , करिब ८ किलोमिटर लामो ठूलो पाखा( छप्ल्याङ्ग ( आपुकसेरी सडक र करिब ५ किलोमिटर लामो भञ्ज्याङ् ( आपुकसेरी सडकको सडकको स्तरोन्नति भएर पिच गर्ने दिशातिर अघि बढेको बताए।

सो क्षेत्रमा दुइबाट सामुदायिक भबन निर्माण सम्पन्न भएको उल्लेख गरे।
आचार्यले नयाँ सिचाइ योजनाको डि पि आर तयार हुँदै गरेको छिट्टै बोलपत्र आभ्हान हुन लागेको भन्दै ,ब्यबसायिक बाख्रा पालनलाइ प्रबर्द्धन गर्न बाख्रा पकेट क्षेत्र घोषणा गर्ने योजनामा रहेको जानकारी दिए।

उनले तल्लो पुडिमा एमाले नेतृत्व को प्रदेश सरकारले औधोगिक क्षेत्र स्थापना गर्ने गरि काम अघि बढेको तर पछिल्लो सरकारका कारण स्थगित भएको कार्य जुनसुकै हालतमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । प्रस्तावित औधोगिक ग्राममा अव्यवस्थित रुपमा बसोबास गरेका भुमिहिनहरुलाइ उचित मुआब्जा सहित ब्यबस्थापन आफ्नो पहिलो प्राथमिकता हुने बताए।

आचार्यले अबको पाँच बर्षमा पुर्ण भौतिक पुर्बाधार बिकासको लक्ष्यका साथ समृद्ध वडा निर्माणमा अघि बढेको हुँदा सो काम पूरा गर्न एकपटक फेरि सुर्यमा मतदान गरी अबसर प्रदान गर्न आग्रह गरे।

कार्यक्रममा महिला सदस्य पदका शान्ति पाध्या , दलित महिला सदस्य पदका लिला देबि नेपाली ,सदस्य पदका बिनोद भन्डारी ,शंकर बहादुर अधिकारी, एमाले जिल्ला कमिटी सदस्य किसान सुनार ,एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने ,साबिक भरत पोखरी गा बि स अध्यक्षद्वय यज्ञ प्रसाद अधिकारी , गोपाल पून , युबा संघ ३३ का अध्यक्ष केशब आचार्यले लगाएतले सो स्थानमा जनमुखी काम एमालेले नै गरेको र अब पनि जनताको रोजाइ पनि एमाले नै हुने बताए।

You may also like