पोखरा, २१ वैशाख ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा नं १४ का एमाले १ चरणको घरदैलो सम्पन्न गरेका छन् । आगामी ५ वर्षको भावी योजना सुनाउँदै घरदैलोमा पुगेका पोखरा १४ का एमाले १ चरणको घरदैलो लगभग सकिएको एमाले पोखरा १४ का अध्यक्ष बटु कृष्ण (कृष्णा) कुँवरले बताएका छन् । चुनावी अभियानमा बुधबार सो वडाका क्षेत्र नम्बर ८ अन्तरगत रहेका काजीपोखरी, मान्द्रेढुंगा, शैलुङ मार्ग र सगरमाथा टोल लगायतका ठाउँमा स्थानमा घरदैलो सम्पन्न गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।
अघिल्लो कार्यकालमा आफ्नो पार्टी नेतृत्वले वडामा गरेका विकासको काम र अबको आउने कार्यकालको योजना लिएर घरदैलो पुगेको कुँवरले बताए । ‘घरदैलो कार्यक्रममा हामीले जनतामो निकै उत्साह देख्यौं । वडा नेतृत्वमा फेरी एमालेलाई जिताउनुपर्छ भन्ने सबैमा उत्साह देखियो, अब आवश्यक देखि फेरी अर्को पटक विभिन्न चरणमा घरदैलो गछौं ।’ अध्यक्ष कुँवरले भने ।
एमाले १४ का अध्यक्षका उमेद्वार डेलबहादुर गुरुले आफ्नो अर्जुन दृष्टि विकास मात्रै भएको बताए । ‘आगामी ५ वर्षमा वडालाई समृद्ध वडा बनाउँछौं । वडा बाँसीले अनुभूति लिन सक्ने विकास गछौं । एक चरणको घरदैलोमा घोषणापत्र सहित जनताको घर दैलोमा पुगिसक्यौं । उहाँहरुको उत्साहले धेरै खुसी छौं ।’ गुरुङले भने ।
भुमिहिनहरुलाई उचित मुआब्जा वडामा रहेका सरकारी विद्यालयका स्तरोन्नती, सिपमुलक तालिम, युवा वर्गलाई विभिन्न तालिम, कृषि तथा पशुपालन व्यवसायलाई व्यावसायीकरण, वडाभित्र रहेका बाटोलाई पक्की सडक बनाउने आफ्नो पहिलो प्राथमिकता हुने गुरुले बताए । ‘म घरदैलोमा मात्रै यहाँ आएको होइन, निर्वाचित भएपछि मैले कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ, भनेर हेर्न आएको हुँ ।’ अध्यक्षका उम्मेदवारी गुरुङले भने ।
गुरुले अबको ५ वर्षमा पुर्ण भौतिक पुर्वाधार विकासको लक्ष्यका साथ समृद्ध वडा निर्माणमा अघि बढेको हुँदा सो काम पूरा गर्न एकपटक फेरि सुर्यमा मतदान गरी अबसर प्रदान गर्न आग्रह गरेका छन् ।
पोखरा १४ बाट एमाले खुला वडासदस्यमा मानबहादुर भुजेल, महिला उत्पीडित महिला सदस्य सिर्जना सुनार, खुला सदस्य गोपालप्रसाद सापकोटा र महिला सदस्यमा सरिता बास्तोला चुनावी मैदानमा छन् । एमाले उम्मेदवार, कार्यकर्ता, नेता साथै समर्थकले वडाका ८ वटै क्षेत्रमा घरदैलोमा सकेको निर्वाचन परिचालन कमिटीका सहसंयोजक माओ थापाले जानकारी दिए । वडामा एमालेका उमेद्वारलाई अझ सशक्त रुपमा अगाडि बढाइने प्रचारप्रसार विभागका संयोजक पृथ्वी कुँवरले बताएका छन् ।
घरदैलो कार्यक्रमलाई सोमबारबाट अझ सशक्त रुपमा अगाडि बढाइने प्रचारप्रसार विभागका संयोजक पृथ्वी कुँवरले बताए ।