पोखरा ।
नेकपा एमाले पोखरा २० का उमेदवारहरुले साविकको भलाम गाविसका क्षेत्रहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । ढिलो गरी घरदैलो कार्यक्रम सुरु गरेको वडा नम्बर २० ले घरदैलो कार्यक्रमलाई तीब्र रुपमा अगाडी वढाएको नेकपा एमाले पोखरा २० का ईन्चार्ज सीम गुरुङले जानकारी दिए । साविकको गाविसलाई महानगरभित्र समेटेर पांच वर्षभित्रमा बिकासको लहर सुरु भएको र अवको स्थानिय तहको निर्वाचनमा फेरिपनि एमोलेका उमेदवारहरुलाईनै जिताउने मतदाताहरुले प्रतिवद्धता जनाएको समेत इन्चार्ज गुरुङले जानकारी दिए ।
वडाभित्र सडक, कृषि, विजुली, नाला जस्ता बिकासे योजनाहरु सुरु भएको र अव पनि एमालेका उमेदवारहरुलाई जिताएको खण्डमा विभिन्न योजनाहरु सम्पन्न हुनेमा मतदाताहरु आशावादी रहेका छन । साविकको गाविस भएको र ग्रामीण क्षेत्र समेत रहेको वडा भएकाले पनि वडामा अघिल्लो पटक जितेर गएका जनप्रतिनिधीहरुले विभिन्न बिकासको काम सुरु गरेको भएतापनि पूर्णता पाउन सकेको थिएन ।
पोखरा २० मा एमालेको तर्फबाट अध्यक्षमा गंगा बहादुर केसी, सदस्यहरुमा गञ्जमान गुरुङ, उत्तम गुरुङ, महिला सदस्यमा मीना पौडेल र दलित महिला सदस्यमा रुपा नेपाली चुनावी मैदानमा रहेका छन ।