पोखरा २२, वैशाख ।
पोखरा महानगरपालिका वडा नं १ मा आज पनि घरदैलो कार्यक्रम सम्पन्न भयो । स्थानीय निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा एमालेका उमेद्वार १ नं वडामा हाल प्रचारप्रसारमा व्यक्त छन् । यसैक्रममा बिहीबार समेत मतदातासंग भेटघाट तथा घरदैलो कार्यक्रम ग¥यो .
यसैबीच घरदैलो कार्यक्रममा वडामा नेकपा एमालेको तर्फबाट उमेद्वार साहारा प्रधानले वडावासीको समस्या सुन्दै निर्वाचन जितेपछि हरेक समाधान गर्न कोसिस गर्ने बताए । प्रत्यासी प्रधानले वडावासीको सुझाव लिंदै सोही सल्लाह तथा सुझावका आधारमा आगामी दिनमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कास्कीका इन्चार्ज भीम कार्कीले एमालेको जित सुनिश्चित भइसकेको दावी गरेका छन् । विकासका योजना तथा खाका एमालेसंग मात्र रहेको बताउँदै इन्चार्ज कार्कीले एमालेलाई विश्वास गरेर भोट दिन आग्रह गरे ।
वडाको गाईघाटबाट सुरु भएको घरदैलो कार्यक्रम शान्तिटोल मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलो कार्यक्रम भोलि शुक्रबार समेत जारी रहने छ ।