पोखरा
चुनावी दिन नजिकिदै गर्दा पोखरा रहेका राजनीतिक दलहरुको चुनाबी प्रचार प्रसार अभियानले तिव्रता पाएको छ । नेकपा (एमाले) वडा नं १ ले पनि आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ । बिहिबार एमालेका तर्फबाट पोखरा महानगरपालिकाको वडा नं. १ का अध्यक्षका उम्मेदवार साहरा प्रधानसहितको टोली घरदैलो अभियानमा बिहानै देखि लागेका छन् ।
बिहिबार शान्तीटोलमा भएको घरदैलो अभियानमा अध्यक्षका उम्मेदवार साहरा प्रधानले गरिविको रेखामुनी रहेका निम्न आय भएका बिपन्न परिवारले उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्यका लागि योजना बनाएर काम गर्ने बताए । प्रधानले आँफुले बिपन्नहरुको उपचारमा सहजिकरणका लागि बिपन्नहरुलाई वडा कार्यलयले जिम्मा लिएर निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने बताए । प्रधानले अव्यबस्थित रुपमा रहेको सुकुम्वासी बस्तीलाई व्यबस्थित बनाउनका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै लालपुर्जाको लागि भुमि आयोगसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
नेकपा (एमाले) ले चुनाव जित्दा पोखरा वडा नं १ मा केहि सकरात्मक कामको थालनी गरेको र त्यो कामलाई पुरा गर्नका लागि नेकपा (एमाले) वडाबासीले बिजय गराउने बिश्वास व्यक्त गरे । उनले आँफुहरुले पहिलेको भन्दा पनि फराकिलो मतान्तरले चुनाव जित्ने दावी गरे ।
वडा १ मा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित सदस्यहरुमा जुमकाजी गुरुङ, शोभा गुरुङ, जुकमाया दमाई, ठाकुरप्रसाद बगाले रहेका छन् ।