Home » पोखरा २५ मसिनाबगरका स्थानीयले राखे वडाका एमाले उमेद्वार समक्ष समस्या, समाधान गर्ने प्रतिवद्वता

पोखरा २५ मसिनाबगरका स्थानीयले राखे वडाका एमाले उमेद्वार समक्ष समस्या, समाधान गर्ने प्रतिवद्वता

by Pokhara City

पोखरा, २२ वैशाख ।
पोखरा २५ मसिनाबगरका स्थानीयले भोट माग्न गएका एमाले उम्मेदवारलाई टोलका समस्या सुनाएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमको घरदैलोमा छन्, एमाले उमेद्वार । यही मौका पारेर मसिनाबगरका स्थानीयले एमाले उमेद्वार समक्ष टोलका समस्या राखेका हुन् ।

स्थानीय काले गुरुङले मसिनाबगरका समस्या सुनाउँदै भने, ‘यहाँ सेती कटानको समस्या छ, विद्यालयमा शिक्षक दरबन्दी छैन, बाटो, खानेपानी लगायतको समस्या छ, समस्या समाधानको लागि पहल गर्नुप¥यो ।’ यस्तै सीमा गुरुङले युवामुखी कार्यक्रम ल्याउने माग गरिन् ।
स्थानीयका समस्या सुनिसकेपछि वडाध्यक्षका उम्मेद्वार तिर्थबहादुर थापाले मसिनाबगरका समस्या घोषणापत्रमै समेटिएकाले समस्या समाधान हुनेमा ढुक्क हुन आग्रह गरे । आफूले चुनावमा जिते पनि नजिते पनि सधैं वडाकै विकासका काममा खटिरहने अध्यक्ष थापाले बताए ।

वडा सदस्यका उम्मेदवार कृष्ण कुँवरले एमाले उमेद्वारलाई सूर्य चिन्हमा मतदान गरेर वडाको विकास गर्न मौका दिन मतदातासमक्ष अनुरोध गरे ।
घरदैलो अन्तरगत पोखरा २५ लामाचौताराबाट जैसीचौर, थापथोक हुँदै मसिनाबगर आएर कोणसभामा परिणत भएको थियो । पोखरा २५ का वडा कमिटी सचिव देवीप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रमको समापन कमिटी अध्यक्ष ऋषिराम पौडेलले गरेका थिए ।

यो पटक एमालेका तर्फबाट वडा नं २५ मा वडाध्यक्ष पदका उम्मेदवार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी,कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्मा चुनावी मैदानमा छन् ।

You may also like