पोखरा
मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार देवीजंग गुरुङले चुनाव जितेपछि जनताको घरदैलोमै सेवा लिएर जाने बताएका छन् । नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार बनेका गुरुङले ०७४ सालको चुनावमा घरघरमै सिंहदरबार आउने भनिए पनि त्यसो नभएको बताएका छन् ।
ुघरघरमै सिंहदरबार आउने त भनियो । तर, सरकारमा पुगेपछि सरकार चलाउने र सरकारको नीतिको तालमेल मिलेन,ु उनले भने, ुगठबन्धनको सरकारले तपाईंहरुलाई घर घरै आएर सेवा दिन्छ ।ु मादी ९ मा आयोजित चुनावी सभामा बोल्दै गुरुङले गठबन्धनलाई चुनाव जिताउन समेत आग्रह गरे । गठबन्धनका उम्मेद्वारले चुनाव हारे मादीले हार्ने समेत उनले बताएका छन् ।
गठबन्धनले चुनाव जितेपछि जनताको दैनिक जीवनसँग सरोकार राख्ने आवश्यकता पूरा गर्न आफूहरु लाग्ने उनले बताए । स्वच्छ खानेपानी, धाराको व्यवस्था लगायत शिक्षा र स्वास्थ्यमा सहजै सेवा लिने व्यवस्था मिलाउने उनले बताए ।
गठबन्धनबाट उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले मादीले यसपालि सही उम्मेद्वारलाई विजयी गराएर पठाउने बताए । आफूहरुले चुनाव जितेपछि मादीको विकासले फड्को मार्ने दाबी गरे । मादीको आवश्यकता चिनेर आफूहरु मादी बनाउन लाग्ने समेत उनले प्रतिबद्धता गरे ।
मन्तव्यकै क्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर एकका सचिव सरोज केसीले मादीमा गठबन्धनले चुनाव जिति सकेको बताए । वैशाख ३० गतेको व्यग्र प्रतीक्षा रहेको बताउँदै उनले बाकस खुलेर बहुमतले विजयी भएको घोषणा सहित विजय उत्सब मनाउन मात्र बाँकी रहेको बताए । कागजी बादशाहले दुई पटकसम्म जनताले रगत, पसिना बगाएर ल्याएको अधिकार मास्न उद्धत रहेकाले गठबन्धन आवश्यक रहेको बताए । संविधानको रक्षा गर्न गठबन्धनले खेलेको भुमिका स्मरण गर्दै उनले जनताले सही नेतृत्व चिन्ने उनले सुनाए ।
कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले पनि बोलेका थिए । यसपछि, वैशाख २३ गते मादी ८ मा गठबन्धनको चुनावी आम सभा गर्ने छ ।