Home » एमाले पोखरा ७ को चुनावी घरदैलो सम्पन्न, एमालेको जित सुनिश्चित

एमाले पोखरा ७ को चुनावी घरदैलो सम्पन्न, एमालेको जित सुनिश्चित

by Pokhara City

पोखरा, २२ वैशाख ।

नेकपा एमाले पोखरा महानगरपालिका वडा नं ७ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ ।

स्थानिय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा नं. ७ को चुनावी घरदैलो अभियानमा उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा रहेका मतदाताहरुको घरघरमा पुगेर यसपटक सूर्य चिह््रनमा मत दिएर विजयी गराउन आग्रह गर्दै आफुहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

घरदैलो अभियान अन्तर्गत बिहिवार सुगमगहनमार्ग र नुुवारथोकमा घरदैलो गरिएको थियो । घरदैलो कार्यक्रम पुष्पलालपार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले कार्यकर्ता, शुभेच्छुकहरुलाई एमाले पार्टीलाई जिताउन लागी पर्न आग्रह गर्दै नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले पाँच दलिय गठबन्धन आफैमा कमजोर भएर गठबन्धन गरेको जनाउदै त्यो गठबन्धनको कुनै औचित्य नभएको बताउनुभयो ।

सोही अवसरमा बोल्दै वडा नं. ७ का वडाध्यक्षका प्रत्यासी किशोर बरालले जनताको हकअधिकार कुण्ठित नहुने तरिकाले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा उत्साहजनक सहभागीता जनाउने कार्यकर्ता, शुभेच्छुक, मतदाता सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा वडा इन्चार्ज चिरञ्जीवि गौतम, खुला महिला सदस्य बसुन्धारा लामिछाने, दलित महिला सदस्य सुनिता सुनार, खुला सदस्य अर्जुन थापा र विष्णुमणि बरालले बोल्नुभएको थियो ।

अन्तिम दिनको चुनावी घरदैलो अभियानमा बिहिवार ७ नं वडाका मतदाताहरु खुशी हुंदै आफुहरुको साथ र सहयोग रहेको भन्दै आफै पनि घरदैलोमा सामेल भएर भोटका लागि अपिल गरेका थिए भने फुल तथा खादा मालाले उम्मेदवारहरुलाई आफ्नो घरदैलोमा स्वागत गरेका थिए । भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

पोखरा–७ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा किशोर बराल, खुला महिला सदस्यमा बसुन्धारा लामिछाने, दलित महिला सदस्यमा सुनिता सुनार, खुला सदस्यमा अर्जुन थापा र विष्णुमणि बराल रहेका छन् ।

You may also like