Home » एमाले विकासको च्याम्पियनः उप–सचिव आचार्य

एमाले विकासको च्याम्पियनः उप–सचिव आचार्य

by Pokhara City

पोखरा, वैशाख २२ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उप–सचिव प्रभावशाली बौद्धिक युवा नेता रश्मि आचार्यले एमाले विकासको च्याम्पियन भएको बताएका छन् । एमालेको जस्तो विकासको योजना र कार्यान्वयनको खाका अरु कुनै दलसंग नभएको हुँदा विकासमा श्रेस्ठता हासिल गर्न पार्टी भएको बताए ।
पोखरा ३३ को मालागिरीमा आजोयित निर्वाचन केन्द्रित कोणसभालाई सम्बोधन गर्दै उनले विगत केपी ओलीको सरकारले अरु पार्टीले १५ वर्षमा गर्ने नसक्ने काम ५ वर्षमा गरेको बताउँदै देश र जनताको समृद्धिका लागि जनताले निर्विल्ल्प एमाले रोज्ने जिकिर गरेका छन् ।

एमालेका जनप्रतिनिधि जनताको शासक नबनी सेवक बनेर काम गरेको बिगतका उदाहरण प्रस्तुत गर्दै आचार्यले नेकपा एमालेको विरासतलाई जनताको अपार मायाले पोखरा ३३ को बिरासतलाइ जस्ता सुकै गठबन्धनले पनि भत्काउन नसक्ने उल्लेख गरे ।
उक्त वडाका स्थायी बासिन्दा समेत रहेका नेता आचार्यले ने क पा एमालेको स्थानिय वडा प्रतिनिधि रातदिन जनताको सेवामा आफूले देखेको भन्दै जनताको माया र साथले आफूहरुले चुनाव जितिसकेको र औपचारिक घोषणालाई मात्रै कुरेको उल्लेख गरेका छन् ।

निर्वाचन प्रचार–प्रसार अन्तरगत सो वडाका लाम्गादी, भन्ज्याङ, मालागिरी ,तिक्लाङ लगायतका स्थानमा घरदैलो सम्पन्न गरिएको छ । सो अवसरमा उक्त वडाका अध्यक्ष पदका प्रत्यासी शिवप्रसाद आचार्यले मालागिरी क्षेत्रलाई वडाको महत्वपूर्ण पर्यटकीय हव बनाउने योजना अघि बढेको र छिट्टै मुर्त रुप प्राप्त गर्ने, सो क्षेत्रका होमस्टेलाई थप ब्व्यवस्थापन गरिने उल्लेख गरे । उनले सो क्षेत्रमा पनि कृषि सडकको निर्माण संगै थप भौतिक पुर्बाधार निर्माणका काम अगाडी बढेको जानकारी दिएका छन् ।

सो अवसरमा उमेद्वार महिला सदस्य शान्ति पाध्या, दलित महिला सदस्य लिलादेवी नेपाली, सदस्य बिनोद भण्डारी र शंकरबहादुर अधिकारी, एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, पूर्व सचिव बसन्तराज आचार्य, एमाले पोखरा महानगर कमिटी सदस्य चन्द्र पौडेल, साविक भरत पोखरी गाविस अध्यक्षद्वय यज्ञप्रसाद अधिकारी र गोपाल पुन सहित वडा कमिटी तथा टोल कमिटी र स्थानीयको उत्साहजनक उपस्थिति रहेको उप–सचिव रमेश आचार्यले जानकारी दिएका छन् ।

You may also like