पोखरा ,बैशाख २२
ने क पा एमाले गण्डकी प्रदेश कमिटी का उप ( सचिब प्रभाबशाली बौद्धिक युबा नेता रश्मि आचार्यले एमाले बिकासको च्याम्पियन भएको बताएका छन । एमालेको जस्तो बिकासको योजना र कार्यान्वयनको खाका अरु कुनै दलहरू सङ्ग नभएको हुँदा बिकासमा श्रेस्ठता हासिल गर्न पार्टी भएको बताए।
बिगत के पि ओलिको सरकारले अरु पार्टीले पन्ध्र बर्षमा पनि गर्ने नसक्ने काम पाँच बर्षमा गरेको भन्दै उनले देश र जनताको सम्बिद्दीका का लागी जनताले निर्बिल्ल्प एमाले रोज्ने जिकिर गरे ।
आचार्यले सो कुरा पोखरा महानगरपालिका वडा ३३ को मालागिरिमा आजोयित निर्बाचन केन्द्रित कोणसभालाइ सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
एमालेका जनप्रतिनिधि जनताको शासक नबनी सेबक बनेर काम गरेको बिगतका उदाहरण प्रस्तुत गर्दै आचार्यले ने क पा एमालेको बिरासतलाइ जनताको अपार मायाले पोखरा ३३ को बिरासतलाइ जस्ता सुकै गठबन्धनले पनि भत्काउन नसक्ने उल्लेख गरे।
उक्त वडाका स्थायी बासिन्दा समेत रहेका नेता आचार्यले ने क पा एमालेको स्थानिय वडा प्रतिनिधीहरु रातदिन जनताको सेवामा आफुले देखेको भन्दै जनताको माया र साथले आफुहरुले चुनाब जितिसकेको र औपचारिक घोषणालाई मात्रै कुरेको उल्लेख गरे।
निर्बाचन प्रचार प्रसार अन्तर्गत सो वडाका लाम्गादी ,भन्ज्याङ्ग , मालागिरी ,तिक्लाङ्ग लगायतका स्थानमा घरदैलो सम्पन्न गरिएको छ।
सो अबसरमा उक्त वडाका अध्यक्ष पदका प्रत्यासी शिव प्रसाद आचार्यले मालागिरी क्षेत्रलाई वडाको महत्त्वपूर्ण पर्यटकीय हब बनाउने योजना अघिबढेको र छिट्टै मुर्त रुप प्राप्त गर्ने, सो क्षेत्रका होमस्टेहरुलाई थप ब्यबस्थापन गरिने उल्लेख गरे।
सो क्षेत्रमा पनि कृषि सडकको निर्माण सङै थप भौतिक पुर्बाधार निर्माणका काम अगाडी बढेको जानकारी दिए।
सो अबशरमा उम्मेदवारहरु महिला सदस्य शान्ति पाध्या , दलित महिला सदस्य लिला देबि नेपाली, सदस्य बिनोद भण्डारी र शंकर बहादुर अधिकारी ,एमाले ३३ का अध्यक्ष दिपक राज लामिछाने , पुर्ब सचिब बसन्तराज आचार्य ,एमाले पोखरा महानगर कमिटी सदस्य चन्द्र पौडेल ,साबिक भरत पोखरी गा बि स अध्यक्षद्वय यज्ञ प्रसाद अधिकारी र गोपाल पुन सहित वडा कमिटी तथा टोल कमिटी र स्थानियहरुको उत्साहजनक उपस्थिति रहेको उप( सचिब रमेश आचार्यले जानकारी दिए ।