पोखरा, २२ वैशाख ।
पोखरा २६ मा नेकपा एमालेका तर्फबाट अध्यक्षका उमेद्वार सूर्यनाथ भण्डारीले आफ्नो वडामा अन्य पार्टीले चुनाव जित्छौं भन्नु आफूले आफैंलाई झुक्याउने खेलमात्र भएका बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना भएको घरदैलो कार्यक्रममा उनले एमालेले विकासका योजनाको खाका तयार पारिसकेको र खाका सम्पन्न पनि एमालेले मात्रै गर्न सक्ने बताए । आम मतदाताले समेत अहिले एमालेलाई साथ दिइरहेकाले आफूहरुको जित सुनिश्चित भएको अध्यक्षका प्रत्यासी भण्डारीको दावी थियो ।
कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका संयोजक रामचन्द्र तिमिल्सिनाले यो निर्वाचनमा एमालेलाई विजयी नगराएसम्म आफूले आराम नगर्ने बताए । एमालेको कामबाट आम मतदाता खुसी र यही पार्टीबाछ आशावादी देखिएकाले एमालेको जित सुनिश्चित भएको उनले बताएका छन् ।
बिहीबार रामकृष्ण जिसीको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा स्थानीय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाएर पोखरा महानगरपालिकामा मेयरको उमेद्वार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नं २६ का वडाध्यक्षका उम्मेदवार सूर्यनाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गरेका छन् ।
जिसीले एमाले जनताको पार्टी भएकोले जनताको भावना अनुसार काम गर्ने बताएका छन् । गण्डकी प्रदेश सदस्य पुष्प ज्योती ढुंगानाले एमालेले जितेमात्रै विकास हुने र त्यसको लागि एमालेको सुनिश्चित रहेको बताए ।
जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष रमेश जिसी तथा वडा अध्यक्ष नारायण प्रसाद बराल ,हरिश्चन्द्र देवकोटा ,खड्का रानाभाट,बिकास अधिकारी,बामदेब ढुंगाना,रामहरि ढुंगाना,रामकृष्ण जि.सी. लगायत पदाधिकारीहरुको सकृय सहभागिता रहेको थियो ।आज जरूवा, खरानेफाँट ,अघौ चोक,सुन्दरी बजार,बहिरा स्कुल ,शान्ति टोल लगायत ठाउँमा घर दैलो गरेका छन।घरदैलो कार्यक्रममा २००जना भन्दा बढि उपस्थिति रहे को प्रचार प्रचार बिभाग प्रमुख सन्देश तिमिल्सिना ले बताए ।