Home » पोखराको बैदाममा गठबन्धनको घरदैलोसँगै मतदाता शिक्षा

पोखराको बैदाममा गठबन्धनको घरदैलोसँगै मतदाता शिक्षा

by Pokhara City

गणेश पहारी
पोखरा,२२ वैशाख । पाँचदलीय गठबन्धनले पोखराको पर्यटकीय क्षेत्र बैदाममा स्थानीय तह निर्वाचनका लागि चुनावी प्रचार अभियानकालाई तीव्रता दिएको छ ।

पोखरा–६ बैदाममा गठबन्धनका तर्फबाट वडाध्यक्षमा जगतबहादुर पहारी उम्मेदवार छन् ।
यसैगरी खुलासदस्यमा नेकपा(माओवादी केन्द्र)बाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यमा काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा रहेका छन् ।

गठबन्धनका उम्मेदवारहरुले बिहीबार पनि बैदामा क्षेत्रमा घरदैलो गरे । घरदैलोसँग उम्मेदवारहरुले मतदाता शिक्षालाई पनि सँगसँगै लगेका छन् । पाँच दलका तर्फबाट उम्मेदवार रहेको र सबैको चुनाव चिन्ह फरक रहेकाले मत बदर हुन नदिन उनीहरुले मतदातालाई भोट हाल्ने तरिका सिकाएका हुन् ।
वडाध्यक्षका उम्मेदवार पहारीले भने,“जनताको अुमल्य मत बदर भएर खेर नजाओस् भन्नेतर्फ सचेत छौँ । घरदैलो गरेर मत माग्दै गर्दा मतदातालाई मत कसरी दिने भनेर समेत सिकाएका छौँ ।”

गठबन्धनले आफ्नो प्रतिवद्धता पत्र सहित घरदैलो गरिरहेको गिरिजा कोइराला टोल विकास संस्थाका अध्यक्ष रामजी(गुरुद्धत्त) कोइरालाले जानकारी दिए ।
बिहीबार गठबन्धनको चुनावी अभियानमा आमा समूह, युवा क्बल, टोल विकास संस्था लगायत संघ संस्थाबाट समेत उल्लेख्य सहभागिता थियो । वडाका गाइघाट, मुलथोक, भतमारा, अम्बोट, शान्तिचोकका भित्रि सडक क्षेत्रमा सांस्कृतिक कार्यक्रम सहित घरदैलो गरिएको थियो ।
वडाध्यक्षका उम्मेदवार पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि महानगरको प्रमुख, उपप्रमुख र वडामा गठबन्धनले जित्नुपर्ने बताए । निर्वतमान वडाध्यमा सते रहेका पहारीले विकासका अधुरा योजनालाई पूर्णता र बैदामलाई देशकै पर्यटनको केन्द्र बनाउने अभियानमा साथ दिन वडावासी समक्ष आग्रह गरे ।

You may also like