Home » पोखरा २८ का स्थानीयको प्रत्येक घरमा खानेपानी पु¥याउँछौं ः धनराज आचार्य

पोखरा २८ का स्थानीयको प्रत्येक घरमा खानेपानी पु¥याउँछौं ः धनराज आचार्य

by Pokhara City

पोखरा, २२ वैशाख ।

पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले साविकको कालिका र माझठाना गाविस मिलेर बनेको पोखरा २८ मा खानेपानीको समस्या हुन नदिने बताएका छन् ।

पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लाखौंको खानेपानीको योजना परेको वडामा पानीकै समस्या हुनु लज्जास्पद भएको उनको जिकिर गरे । गठबन्धनबाट मेयरमा आफू र उपमेयरमा कोपिला रानाभाटसहित वडा तहमा पनि गठबन्धनको उम्मेदवारलाई जिताएमा जनताले पानीका लागि घण्टौंं हिड्न नपर्ने समस्या हल गर्ने बताए । वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पोखरा महानगरका मेयर बनेका मानबहादुर जिसी पोखरा २८ कै भएपनि ५ वर्ष सम्म खानेपानीको समस्या समस्या उस्तै छ । मेयर जिसीले आफ्नो वडामा बाटो चिल्लो बनाएपनि दैनिक जीवनमा अतिआवश्यक खानेपानीमा ध्यान नदिएको उम्मेदवार आचार्यको भनाई थियो । २८ नम्बर वडाबासीलाई मत दिएर गठबन्धनलाई जिताउन आग्रह गर्दै खानेपानी लगायत पर्यटनसँगै पूर्वाधारको विकास गर्ने जिम्मा आफूहरुले लिने बताए ।

घरदैलो कार्यक्रममा उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफू पनि सोही क्षेत्रका भएकाले यो पटक गठबन्धनको नेतृत्वमा पोखरा महानगरले मेयर उपमेयरसहित वडामा नेतृत्व पाएको खण्डमा विकासको गति तिब्र बनाउने बताईन् । कालिका, माझठानाको खानेपानी समस्याका लागि पनि यो पटक गठबन्धन आवश्यक रहेको उनको भनाई थियो ।

पोखरा २८ बाट अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले महानगरकै वडा भए पनि राज्यबाट पाउने अधिकार नपाएको बताए । ‘महानगर त प्राप्त ग¥यौ तर महानगरको परिचयको अनुभूति हुन सकेन,’ उनले भने, ‘मादीमा गाभिन लाग्दा समेत हामी महानगरमा गयौ । पाँच वर्ष वितिसक्दा समेत हामिले महानगरवासी भन्ने गर्व गर्नै पाएनौ ।’ पोखरा २८ लाई सच्चिकै महानगरकै वडा बनाउनका लागि पनि आफूहरुको नेतृत्व आवश्यक रहेकाले वडाका मतदाताहरुलाई मतदान गरी जिताउने उनले आग्रह गरे ।

गठबन्धनवाट पोखरा २८ मा वडाअध्यक्ष श्रीकृष्ण लामिछाने र वडासदस्यहरु इन्द्रकला विक, कमला थापा, डाल्डादेवि भुजेल र नारायण बजगाई उम्मेदवार छन् ।

You may also like